समाचार

दशैं–तिहार–छठ अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक!

दशैं–तिहार–छठ अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक!

नेपाल टेलिकमले यस वर्षका प्रमुख चाडपर्वहरू—दशैं, तिहार र छठको अवसरमा ‘दशैं–तिहार–छठ अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर असोज ६ गतेदेखि सुरु भई तोकिएको अवधिभर लागू हुनेछ।

प्रेस विज्ञप्तिअनुसार, नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई असोज ६ देखि ३१ गतेसम्म जडान शुल्कमा छुट दिइएको छ। यसैगरी, मोबाइल सेवाका ग्राहकहरूलाई विशेष दरमा भ्वाइस र डाटा प्याकेज उपलब्ध गराइएको छ।

जीएसएम सेवामा, रु. ४९९ मा ५ जीबी फेस्टिभल अनलिमिटेड प्याकेज र रु. ६९९ मा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज खरिद गर्न सकिनेछ। दैनिक तोकिएको डाटा भोल्युम सकिएपछि ग्राहकले क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा बाँकी अवधिभर अनलिमिटेड डाटा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

यसका साथै, कम्पनीले रु. २५० मा १००० मिनेटको अल–नेट भ्वाइस सुविधा जोयफुल मिनेट्स र रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधा (फेस्टिभ मेसेज प्याकेज) पनि ल्याएको छ। यी प्याकेजहरू प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म प्रयोग गर्न मिल्नेछ।

डाटा र भ्वाइस प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कात्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकले *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर यी सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रवक्ता रबिन्द्र मानन्धरले चाडपर्वको अवसरमा प्रस्तुत गरिएको यो अफरले ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन, खुशी बाँड्न र डिजिटल सेवाको प्रयोगलाई थप सहज बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।