राजीनामापछि पहिलोपटक कार्यकर्तामाझ देखिए ओली!

राजीनामापछि पहिलोपटक कार्यकर्तामाझ देखिए ओली!

 एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको गुन्डुस्थित निवासबाट सार्वजनिक भएका छन्। भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सेनाको कडा सुरक्षाबीच बालुवाटार छाडेर शिवपुरी हुँदै गुन्डुमा सरेका उनी लामो समयपछि पार्टी नेता–कार्यकर्तामाझ खुलेका हुन्।

कार्यक्रममा ओलीसँगै पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि देखिएका थिए। ओलीले कुनै औपचारिक प्रतिक्रिया नदिए पनि कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरेका थिए। पार्टीभित्र निकट सहयोगीलाई भेट्न थालेको यो पहिलो संकेतका रूपमा समेत यो सार्वजनिक उपस्थितिलाई हेरिएको छ।

उनको राजीनामा जेनजी आन्दोलन तीव्र बनेपछि आएको थियो। आन्दोलनकारी दबाब र राजनीतिक जटिलताबीच ओलीले पद त्याग गर्न बाध्य भएको एमाले नेतृत्वको धारणा रहँदै आएको छ।

गुन्डुमा गरिएको यो छोटो सार्वजनिक भेटघाटले ओली आगामी दिनमा पार्टी गतिविधिमा कसरी सक्रिय हुन्छन् भन्ने विषयमा थप चासो बढाएको छ।

संम्बधित खबर