निर्वाचनमा केन्द्रित हुन गृह मन्त्रालयको आग्रह!

भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिदृश्यलाई स्मरण गराउँदै गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको छ। मन्त्रालयले सार्वजनिक सभाहरू, प्रदर्शन र सम्मेलनहरू गर्दा अन्य पक्षलाई उत्तेजित नपार्ने र शान्तिपूर्ण विधि अपनाउन आग्रह गरेको हो।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निर्वाचनको मिति घोषणा भैसकेका कारण त्यसमा केन्द्रित हुन भनेको हो।