समाचार

जेनजी प्रदर्शनपछि राष्ट्रपतिद्वारा सरकार विघटन!

माडागास्कर-लामो समयदेखि जारी पानी र बिजुली अभावविरुद्धको जनप्रदर्शन तीव्र भएपछि माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गर्नुभएको छ। सोमबार राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले, “सरकारका सदस्यहरूले पाएको जिम्मेवारी पूरा गर्न सकेनन्, त्यसका लागि माफी माग्छु,” भन्नुभयो।

गत बिहीबारदेखि सुरु भएको प्रदर्शन राजधानी अन्टानानारिभोबाट फैलिँदै कम्तीमा आठ सहरसम्म पुगेको छ। हजारौँ युवाहरूको नेतृत्वमा भएका यी प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोली र अश्रुग्यास प्रयोग गरेको थियो। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुरक्षाकर्मीहरूले ‘अनावश्यक बल प्रयोग’ गरेको भन्दै आलोचना गरेका छन्, तर माडागास्करको विदेश मन्त्रालयले मृतक र घाइतेबारे सार्वजनिक तथ्याङ्कलाई “अफवाह वा गलत सूचना” भनेर अस्वीकार गरेको छ।

प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु र करिब १०० जना घाइते भएको तथ्याङ्क सार्वजानिक भए पनि यथार्थबारे द्वन्द्व रहँदै आएको छ। स्थिति नियन्त्रणका लागि अन्टानानारिभोमा रातभर कर्फ्यु लगाइएको थियो।

राष्ट्रपति राजोएलिनाले केही दिनअघि ऊर्जा मन्त्रीलाई बर्खास्त गरेका थिए, तर प्रदर्शनकारीहरूले राष्ट्रपति र पूरै मन्त्रिपरिषद्को राजीनामा माग गरेका छन्। सोमबार पनि हजारौँ मानिस सडकमा उत्रिएर असन्तोष प्रकट गरे।

आफ्नो सम्बोधनमा राजोएलिनाले विद्युत् कटौती र पानी अभावले नागरिकलाई परेको दुःखप्रति सहानुभूति व्यक्त गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने जानकारी दिए। नयाँ प्रधानमन्त्रीका लागि आवेदन तीन दिनभित्र लिनेतर्फ संकेत गर्दै, नयाँ मन्त्रिपरिषद् बन्ने समयसम्म हालका पदाधिकारीहरू अन्तरिम रूपमा रहने उल्लेख गरे। साथै, युवाहरूसँग संवाद गर्न इच्छुक रहेको पनि बताए।

माडागास्करले १९६० मा स्वतन्त्रता पाएपछि राजनीतिक अस्थिरता र विद्रोहको लामो इतिहास भोग्दै आएको छ। सन् २००९ मा भएको जनआन्दोलनले तत्कालीन राष्ट्रपति मार्क रावालोमानानालाई सत्ताबाट हटाएपछि राजोएलिना उदाएका थिए। तर यो आन्दोलन, सन् २०२३ मा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछिको उनको शासनलाई आएको सबैभन्दा गम्भीर चुनौतीका रूपमा देखिएको छ।

लामो समयदेखि जारी पानी र बिजुली अभावविरुद्धको जनप्रदर्शन तीव्र भएपछि माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गर्नुभएको छ। सोमबार राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले, “सरकारका सदस्यहरूले पाएको जिम्मेवारी पूरा गर्न सकेनन्, त्यसका लागि माफी माग्छु,” भन्नुभयो।