समाचार खेल

वेस्ट इन्डिजविरुद्ध नेपाल आज अन्तिम खेलमा

वेस्ट इन्डिजविरुद्ध नेपाल आज अन्तिम खेलमा

काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी–२० युनिटी कप अन्तर्गत अन्तिम खेल आज हुँदैछ।
खेल यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा राति सवा ८ बजे सुरु हुनेछ।

पहिलो दुई खेलमा लगातार जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको छ। अब अन्तिम खेलमा जित निकाल्दै नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ‘क्लिन स्विप’ गर्ने मौका पाएको छ।

नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० सिरिज खेलेको हो। यस सिरिजलाई नेपालले आगामी टी–२० विश्वकप छनोटको तयारीका रूपमा उपयोग गरिरहेको छ।

आजको खेल नेपालका लागि आफ्नो लय कायम राख्ने अवसर पनि हुनेछ भने वेस्ट इन्डिजका लागि प्रतिष्ठा जोगाउने चुनौती रहनेछ।

nepal vs west indies