समाचार

बालुवाटारमा ‘जेनजी विद्रोह’ निर्णायक मोडमा-आज मन्त्रिपरिषदबाट कठोर कदम?

बालुवाटारमा ‘जेनजी विद्रोह’ निर्णायक मोडमा-आज मन्त्रिपरिषदबाट कठोर कदम?

आज साँझ ६ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषदको नियमित बैठकमा ‘जेनजी’ पुस्ताको आन्दोलनसम्बन्धी विषय पनि छलफलमा ल्याइने भएको छ। प्रधानमन्त्री प्रेस विज्ञ रामशरण बजगाईका अनुसार यो बैठक पहिले नै आव्हान गरिएको नियमित बैठक हो, जसमा सामान्य एजेन्डासँगै पछिल्ला विरोध प्रदर्शनको सन्दर्भमा पनि छलफल हुनेछ।

बजगाईले भने, “आजको मन्त्रिपरिषद नियमित बैठक हो, तर जेनजी पुस्ताको आन्दोलनको विषयमा पनि छलफल भएर केही निर्णय आउन सक्छ।”

काठमाडौंमा पछिल्ला दिनमा जेनजी समूहको नेतृत्वमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएको छ। प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। यसले सुरक्षा व्यवस्था र सरकारको प्रतिक्रियाबारे गम्भीर प्रश्न उठाइरहेको छ।

आजको मन्त्रिपरिषद बैठकबाट औपचारिक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ। राजनीतिक र सामाजिक दुवै वृतमा यो छलफललाई सरकारको आगामी कदम मूल्याङ्कन गर्ने महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।