कर्फ्युबीच नयाँबानेश्वरमा जेनजीको प्रदर्शन निरन्तर, संसद् भवन अगाडि भेला

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानैदेखि जेनजी युवाहरू फेरि भेला भई प्रदर्शनमा उत्रिएका छन्।
सोमबार १९ जनाको ज्यान जाने गरी हिंसात्मक बनेको आन्दोलनलाई प्रशासनले नियन्त्रण गर्न उपत्यकाभर अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।
तर, कर्फ्यु आदेशको पर्वाह नगरी आज पनि युवाहरू सडकमा ओर्लिएका छन्। सोमबारको घटनापछि स्थिति असामान्य बनेको काठमाडौंमा आजको प्रदर्शनले अझ गहिरो चुनौती थप्ने संकेत गरेको देखिन्छ।