काठमाडौँमा कर्फ्यू, सर्वोच्च अदालतमा सुनुवाइ स्थगित!
सर्वोच्च अदालतले मङ्गलबार तोकिएका सबै नियमित मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
अदालतले जारी गरेको सूचनामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा जिल्ला प्रशासन कार्यालयले लागू गरेको कर्फ्यूका कारण आवागमन अवरुद्ध भएको उल्लेख छ।
यसले सेवाग्राही र कानुन व्यवसायीलाई असहज पारेकाले विशेष संवेदनशीलताका बीच अदालतले यस्तो निर्णय लिएको स्पष्ट गरिएको छ।
केवल बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरक निवेदन भने समयमै पेस गर्न सकिने व्यवस्था गरिएको छ। न्यायिक कार्य अवरुद्ध भए पनि अदालतले विशेष अवस्था सामान्य भएसँगै आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।