रगत नभए उपचार रोकिँदै! क्षेत्रपाटीमा आपतकालीन रक्तदान, सबैलाई आह्वान
काठमाडौंमा सोमबारको प्रदर्शनमा घाइते भएकाहरूका लागि रगतको अभाव देखिएपछि लायन्स क्लब अफ कोर सिटीसहित विभिन्न संघसंस्थाले क्षेत्रपाटीमा आपतकालीन रक्तदान कार्यक्रम सुरु गरेका छन्।
कार्यक्रम संयोजक गोपाल मालीका अनुसार उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले रक्तदानको व्यवस्था गरिएको हो। उनले दिनभर रक्तदान जारी रहने उल्लेख गर्दै इच्छुक सबैलाई स्वेच्छिक सहयोग गर्न आह्वान गरेका छन्।
युवाहरूको जीवन बचाउन सुरु गरिएको यो अभियानले संकटको घडीमा सामूहिक सहकार्यको महत्व फेरि एकपटक उजागर गरेको छ।