समाचार

अब उपचारमा पनि बचत! एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १०% छुट

अब उपचारमा पनि बचत! एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १०% छुट

एनआईसी एशिया बैंकका ग्राहकले अब बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्। बैंक र हस्पिटलबीच भएको सहमतिपछि ग्राहकले डिजिटल भुक्तानीमार्फत १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार, बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्ने वा मोबैंक एपमार्फत भुक्तानी गर्ने ग्राहकले उपचार खर्चमा छुट पाउनेछन्। यस सुविधामा सामान्य उपचार सेवा, सर्जिकल सेवा, ल्याब परीक्षण, औषधोपचार तथा अन्य आवश्यक स्वास्थ्य सेवाहरू समेटिएका छन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउनुका साथै मुलुकमा डिजिटल भुक्तानी संस्कृतिलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।”

बैंकले यसअघि पनि विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरी ग्राहकलाई छुट सुविधा उपलब्ध गराउँदै आएको छ। हालसालै डिजिटल भुक्तानी प्रयोग बढ्दै गएको पृष्ठभूमिमा यो कदमले नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

यस सम्झौताले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता दिने मात्र नभई बुटवल क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।