समाचार

बालुवाटारमा गोली चल्यो, शीर्ष नेताहरू हेलिकोप्टरमार्फत सारिएको अनुमान; नक्साल हिल्टन होटलमा आगजनी

बालुवाटारमा गोली चल्यो, शीर्ष नेताहरू हेलिकोप्टरमार्फत सारिएको अनुमान; नक्साल हिल्टन होटलमा आगजनी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वरिपरि मङ्गलबार  परिस्थिती थप तनावपूर्ण बनेको छ। स्थानीयले गोली प्रहारको आवाज सुनेको पुष्टि गरेका छन्। त्यसअघि सैनिक हेलिकोप्टरमार्फत मानिसहरूलाई त्यहाँबाट हटाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्रोतअनुसार तीनवटा सैनिक हेलिकोप्टर प्रयोग गरी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित बालुवाटारमा रहेका अन्य शीर्ष नेताहरूलाई सुरक्षित स्थानमा सारिएको अनुमान गरिएको छ। तर सुरक्षा निकायले यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

त्यसैबेला, नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। आगलागी कसरी सुरु भयो भन्नेबारे प्रष्ट विवरण आउन बाँकी छ, तर स्थानीय प्रहरी र दमकलले नियन्त्रणको प्रयास जारी राखेका छन्।

देशको राजनीतिक केन्द्र मानिने बालुवाटार र राजधानीको व्यावसायिक क्षेत्र नक्सालमा एकैपटक अशान्ति देखिनु राजधानीको असुरक्षित अवस्थाको संकेत हो। सरकारले यसबारे स्पष्ट विवरण नदिएसम्म जनताबीचको अनिश्चितता झनै बढ्ने देखिन्छ। अबका घडीमा पारदर्शी सूचना र संयमता नै सबै पक्षका लागि मुख्य चुनौती बनेको छ।