देश मुख्य समाचार

“राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा”

“राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा”

नेवा: सम्पर्क समुह रामेछापको आयोजनामा सामाजिक व्यक्तित्व “राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा” सोही संस्थाको भवनमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा नेवा : सम्पर्क समुहका अध्यक्ष विष्णु श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष, पर्व अध्यक्षहरू, स्व. श्रेष्ठ की श्रीमती रमिता श्रेष्ठ, छोरा कृष्ण श्रेष्ठ, दाइ हरि नारायण श्रेष्ठ,  छोरीहरू अञ्जना, मिना, शान्ति, लक्ष्मी लगायतको उपस्थिति थियो। सो कार्यक्रम संस्थाका सचिव भीम श्रेष्ठले सञ्चालन गरेका थिए।

राजनारायण श्रेष्ठको जन्म २०३० पुस १४ गते भएको थियो भने २०८० पुस १० गते निधन भएको थियो । ५० वर्षको अल्पायुमा श्रेष्ठ संस्थाका आजीबन सदस्य, पर्व सचिव तथा हाल सल्लाहकार को भूमिकामा रहेका थिए ।

उनले कुशल व्यवस्थापक, सामाजिक अभियन्ता, असल अभिभावक, लोकप्रिय नेताको छवि बनाएका थिए । साथै लायन्स क्लब अफ रामेछापका अध्यक्ष हुनुका र करिब ३ दर्जन संघ संस्थामा आबद्ध रही सामाजिक कार्य गर्दै आएका थिए । त्यसका साथ साथै उनी सचिव रहेको बेला नेवा : सम्पर्क समुहको जग्गा खरिद भएको थियो र अहिले तीनतले भवन निर्माण भइसकेको छ ।