विदेश

जनसेनामा भ्रष्टाचार चिनियाँ नेतृत्वलाई चुनौती

जनसेनामा भ्रष्टाचार चिनियाँ नेतृत्वलाई चुनौती

चिनियाँ सेना, पीपुल्स आर्मी (पीएलए) मा भ्रष्टाचारको समस्याले थुप्रै प्रश्नहरू खडा गरेको छ। नौ वरिष्ठ जनरलको बर्खास्ती र रकेट फोर्स लगायतका केही प्रमुख शाखाहरूका शीर्ष अधिकारीहरूको निष्काशनले सेनामा भ्रष्टाचार कायमै रहेको मात्र होइन, चीनको सशस्त्र सेनाको विशेषताहरूमा प्रणालीगत कमजोरीहरूले  जडा गाडेको समेत देखाउँछ। ।

सी जिनपिङको भ्रष्टाचार नियन्त्रण अभियान सफल भएको भनिएको भए पनि पछिल्ला घटनाक्रमले यसको सत्यतालाई उजागर गरिदिएको छ । उच्च तहका अधिकारीहरूलाई बर्खास्त गर्नु भनेको नेतृत्वले भ्रष्टाचारलाई पूर्ण रूपमा जरैदेखि उखेल्न नसकेको वा नचाहेको प्रत्यक्ष सङ्केत हो।

रकेट फोर्स भित्र भइरहेको भ्रष्टाचारले चिनियाँ सेना गम्भीर संकटमा रहेको दर्शाउछ । अपदस्थ कमाण्डरहरूको संख्या र उनीहरूसँग सम्बन्धित उच्च-स्तरका अधिकारीहरूको बर्खास्तीले उनीहरुको व्यक्तिगत असफलतालाई मात्र औंल्याउँदैन, यसले चिनियाँ सेनाको जवाफदेहितामा समेत व्यापक संकट आएको जनाउछ।