अर्थ

५६ मिलियन युरोको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर

५६ मिलियन युरोको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर

नेपाल र जर्मनीबीच ५६ मिलियन युरोको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । माघ ९ २०८० मा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री श्रीकृष्ण नेपाल र जर्मन दूतावासका महामहिम डा. थोमस प्रिन्जले आ–आफ्नो सरकारको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

जर्मन सरकारले, यो अनुदान सहयोगको लागि जम्मा रकम ५६,०००,००० (५६ मिलियन यूरो) २०२२ मै प्रतिज्ञा गरेको थियो। आर्थिक सहयोग सम्झौताको उद्देश्य निजी र सार्वजनिक क्षेत्रलाई ऊर्जा प्रसारण लाइन विस्तार गर्न, सौर्य ऊर्जा प्रवर्द्धन गर्न, दुर्गम क्षेत्रमा मातृ र बाल हेरचाह सुधार गर्न र नेपालमा लैङ्गिक समानता प्रवर्द्धन गर्न सहयोग गर्ने हो।

प्राविधिक सहयोग सम्झौताले नेपालमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण, विशेषगरी पश्चिम नेपालको स्थानीय र प्रादेशिक आर्थिक विकास युरोपियन युनियन र फिनल्याण्डसँग मिलेर), नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता, दिगो आर्थिक विकासका लागि गुणस्तरीय पूर्वाधारको सुदृढीकरण र नेपालमा स्वास्थ्य क्षेत्र रणनीतिलाई सहयोग गर्ने उद्देश्य राखेको छ ।

सन् २०२३ मा नेपाल र जर्मनीबीच कूटनीतिक मित्रताको ६५ औँ वार्षिकोत्सव मनाइयो। जर्मन सरकारले विगतका वर्षहरूमा नेपालको विकास प्रयासमा निरन्तर रूपमा विभिन्न तरिकाले योगदान गर्दै आएको छ। जर्मन सरकारले ऊर्जा, स्वास्थ्य, सुशासनका क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै नेपाललाई दिगो विकास लक्ष्यहरू (Sustainable Development Goals) पूरा गर्न सहयोग गर्दै आएको छ ।

यस अनुदानमार्फत काठमाडौँस्थित जर्मन दूतावासले नेपाल–जर्मन सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपाली जनतालाई आफ्नो बहुमूल्य सहयोग जारी राख्ने लक्ष्य राखेको छ । ‘नेपालसँगको हाम्रो मित्रता गहिरो छ । सहकार्य र सहयोगको माध्यमबाट नेपालको निरन्तर प्रगति र समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेका छौं,’ हस्ताक्षर समारोहमा राजदूत डा. प्रिन्जले भन्नुभयो ।

जर्मन दूतावास