स्वास्थ्य

६० जना भारतीय विद्यार्थी काठमाडौँ  बाट रहस्यमय तरिकाले गायब, यस्तो छ कारण !

६० जना भारतीय विद्यार्थी काठमाडौँ  बाट रहस्यमय तरिकाले गायब, यस्तो छ कारण !

नेपाल आज ले मङ्सिर १७ २०८० मा मेडिकल शिक्षामा धमाधम विदेशी विद्यार्थी ठगिदै र मङ्सिर १७ मा डाक्टर बन्ने भारतीय विद्यार्थीहरूबाट जनही १० लाख घुस शीर्षकमा समाचार प्रकाशन गर्यो। त्यस समाचारमा भारतीय विद्यार्थी रिसब पटेलले फर्जी कागज पेस गरेर विदेशी विद्यार्थीको भर्ना आवेदन दिएको उल्लेख थियो। उनको नाम एक नम्बरमा निस्किएको थियो। यसैगरी नेपालका बिभिन्न मेडिकल कलेज, कन्सल्टेन्सी र चिकित्सा शिक्षा आयोगको मिलोमतोमा मोटो रकम भारतीय विद्यार्थीहरूबाट असुलेर ठग्ने काम भएको कुरा पनि समाचार मा उल्लेख थियो।

रिसब पटेल लगायत विदेशी विद्यार्थीको भर्ना आवेदन उत्तीर्ण करिब ६० जना विद्यार्थीहरू काउन्सिलमा सहभागी नै भएनन्। त्यसको कारण हो गैरकानुनी तरिकाले आवेदन दिनु। पक्राउ पर्ने डरले उनीहरु नेपाल आएर पनि काउन्सिलिङमा भाग लिएनन्। कतिपय विद्यार्थीले प्रि बुकिङ्ग गरेको कलेज मा भर्ना पाएनन्, भर्ना नपाएपछि समयमा पैसा फिर्ता नभएको र छनोट भएको कलेजमा पढ्न तोकिएको समयमा पैसा बुझाउन नसक्दा भर्ना पाएनन्। कतिपय ले सिट नपाएर फर्के।

चिकित्सा शिक्षा आयोगको संरक्षण मा मेडिकल कलेजले आयोगको केही व्यक्तिको सहयोग बाट विद्यार्थी र अभिभावक लाई ठग्दै गरेको कुरा नेपाल आजले प्रकाशन गरेपछि चिकित्सा शिक्षा आयोगले विद्यार्थी लाई सोझै कलेज नजान भन्यो। डिसेम्बर १७ र १८ तारिखमा भएको काउन्सिलिङ र १८ तारिखमा निकालेको रिजल्टमा भर्नाको लागि कलेजमा नजान भनी सूचना निकालेको छ। तोकिएका एजेण्ट मार्फत प्रि- वूकिङ को नाममा विद्यार्थीहरूबाट रकम असुली सकिएको थियो। तर तोकिएका दलालहरू मार्फत यी विद्यार्थीहरूबाट मोटो रकम असुलिने गरेको छ।

दलालहरू कोही व्यक्ति छन् भने कोही कन्सल्टेन्सी। बिभिन्न कलेजका थरीथरी दलाल छन्। प्रि- वूकिङ्ग को नाममा कुनै पनि कलेजले पैसा लिन मिल्दैन। तर बिभिन्न मेडिकल कलेज ले बिद्यार्थी लाई लाखौ पैसा आफ्नो खातामा हाल्न लगाए। आयोगबाट कलेजमा ३३% किस्ता सम्बन्धित विश्वविद्यालय तथा संस्थामा बुझाउनु पर्ने नियम हुँदाहुँदै कलेज ले मनपरी रकम / कमिसन तोकी रकम असुल्नु गैरकानुनी हो। प्रि- वूकिङ को नाममा कलेज ले असुलेको पैसा धेरै जस्तो त फिर्ता नै गर्दैनन्। केही पैसा फिर्ता गर्दा नगद पैसा फिर्ता गर्ने गर्छन् र कलेजले नै हुन्डी मार्फत त्यो पैसा विद्यार्थीलाई विदेशमा दिने गरको छ। ( अर्को भागमा विद्यार्थी ठग्ने कलेजको लिस्ट सहित आउनेछौँ )

चिकित्सा शिक्षा आयोग