राशिफल पर्यटन मेरो परिवार मेरो कथा अपराध सुरक्षा यौन-शिक्षा कला साहित्य मनोरञ्जन खेल प्रवास अन्तरवार्ता विदेश प्रविधि समाचार मुख्य समाचार स्वास्थ्य ओटोमोबाइल अभिलेख देश राजनीति नेपाल आज विशेष

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले जनवरी ४-५ मा नेपाल भ्रमणमा आउँदैछन्।

उनसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेशमन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउनेछन्।

भारतीय वायुसेनाको विशेष विमानद्वारा उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम हुनेछ।

परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाटसहित नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ।

एस जयशंकर