देश

सांसद डा सुनिल शर्माको अर्को गोरख धन्दा !

सांसद डा सुनिल शर्माको अर्को गोरख धन्दा !

डा सुनिल शर्माले सांसद भए देखि सदन भित्र र बाहिर विभिन्न वक्तव्य दिएर चर्च बटुल्ने गरेका छन्। उनी कहिले रुन्छन् कहिले गर्जिन्छन्। त्यस्तो भिडियो बनाएर प्रचार प्रचार गरिदिने युटुबरहरुलाई दुबई घुमाएर पनि ल्याइसके।

उनको चर्चा नकली सर्टिफिकेट काण्ड, तस्करी देखि लिएर अवैध विद्यार्थी भर्ना प्रक्रिया लगायतमा हुने गरेको छ। यसपालि पनि डा शर्माले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको संरक्षणमा गैरकानुनी विद्यार्थी भर्ना गरेर ठगी धन्दा चलाएको विषय बाहिरिएको छ। चिकित्सा शिक्षा आयोगको भर्ना प्रक्रियाको सूचना भन्दा ५/६ महिना अगाडि प्रि बूकिङ को नाममा ३० विदेशी विद्यार्थीको कोटामा १५० भन्दा बढी विद्यार्थीको पैसा कलेजको खाता जम्मा गराए। विदेशी विद्यार्थीहरू खास गरी भारतीयको हकमा दूतावासले खाता खोल्नलाई एउटा पत्र दिने गरेको हुन्छ, त्यो बिना कुनै पनि कारोबार गर्न पाइदैन। बैंकमा खाता खोल्न पाइँदैन। तर कर छल्नको लागि ती विदेशी विद्यार्थीको नाममा गैरकानुनीरूपमा बैंक कर्मचारीको मिलोमतोमा बैंकमा खाता खोल्न लगाई, विद्यार्थीको खातामा पैसा हाल्न लगाएर, विद्यार्थी र अभिभावकसँग रकम लिने गरेका छन्।

रोचक कुरा छ कि केही विद्यार्थीले पैसा बैंकबाट नगद झिकेर हुन्डी मार्फत पैसा भारत फिर्ता पठाइदिने काम पनि आफै गर्ने गरेका छन्। शिक्षा आयोगका पदाधिकारीको संरक्षणमा २०२४ को भर्ना प्रक्रिया न सकिँदै २०२५ को प्रीबुकिङ पनि डा सुनिल शर्माले खुलाएको जानकारी प्राप्त भएको छ। आयोगको भर्ना प्रक्रिया आयोगले सीट निर्धारण गरी फाराम आव्हान गरेर परीक्षा लिएर म्याचिङ प्रकियामा छनोट भएकोलाई मात्र भर्ना गर्ने पाउनु पर्ने नियम छ। त्यति मात्र होइन यो ठगी तथा भ्रष्टाचारमा काठमाडौं विश्वविद्यालयको पनि मिलोमतो देखिन्छ।

चिकित्सा शिक्षा आयोगको सूचना अनुसार भर्ना गर्दा विद्यार्थीले भर्नाको प्रक्रिया विश्वविद्यालयको खातामा जम्मा गरी मात्र भर्ना भएको पत्र दिने दिने गरेको थियो तर काठमाण्डौ विश्वविद्यालयले त्यसरी नगरी भर्नाको सबै मेडिकल कलेजलाई नै जिम्मा लगाएको छ। यसरी कलेजमा भर्ना प्रक्रिया जिम्मेवारी दिएको आफूहरू ठगिएको अभिभावक तथा विद्यार्थीहरू को गुनासो छ। यस्तो कारोबार काठमाडौँ मेडिकल कलेजमा हुने गरेको छ।  

हेर्नुहोस प्रमाण :

र यो पनि हेर्नुहोस : 

६० जना भारतीय विद्यार्थी काठमाडौँ  बाट रहस्यमय तरिकाले गायब, यस्तो छ कारण !

डा सुनिल शर्मा