जनआस्थाको खुलासा: पोखरामा रास्वपा प्रदर्शन को कारण कण्डमको बिक्रीमा ह्वात्तै वृद्धि!
हाल पोखरा, जो नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, आन्तरिक र बाह्य पर्यटकहरूले भरिभराउ भएको छ। यहाँका होटल, रेष्टुरेण्ट, लाउन्ज र बारमा दैनिकरुपमा रमाउनेहरूको सङ्ख्या लगातार वृद्धि भइरहेको छ। विशेष गरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउविरुद्ध पोखरामा ठूलो संख्यामा मानिसहरूको उपस्थिती देखिएको छ। यसका साथै, सहकारी पीडितहरूले पनि ठुलो संख्यामा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
पर्यटकहरूको सङ्ख्या बृद्धि हुनु स्वाभाविक रूपमा बजारमा दैनिक उपभोग्य वस्तुहरूको खपतमा वृद्धि ल्याएको छ। चिसो मौसमका कारण बिरामी भएर अस्पताल पुग्ने र औषधि किन्नेहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ।
पछिल्लो तीन–चार दिनको अवधिमा पोखरामा कण्डमको मागमा पनि उल्लेखनीय वृद्धि भएको छ। शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार कण्डम किन्ने अधिकांश ग्राहक आन्तरिक पर्यटकहरू हुन्। उनका अनुसार, पहिले दैनिक सरदर ६–७ वटा कण्डम बिक्री हुने गरेकोमा, पछिल्लो समयमा दैनिक ४०–५० वटा बिक्री भइरहेको छ।
रोहितले भने, “पहिले गोदामबाट पाँच प्याकेट ल्याउँथे, त्यो सक्न मलाई दुई हप्ता लाग्थ्यो। तर गत शनिबारदेखि हिजोसम्म ती सबै सकियो, आज फेरि गोदामबाट मगाएको छु।” उनले कण्डमको प्याकेटमा १० वटा कण्डम हुने जानकारी पनि दिएका छन्।
विभिन्न ग्राहकको चासोको विषयमा रोहितले भने, “पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। पहिले पनि पर्यटक आउँथे, तर कण्डम किन्ने अधिकांश विदेशी हुँदथे। यस पटक स्वदेशी नै स्वदेशी छन्।”
यसै क्रममा, पृथ्वी चोकमा फार्मेसी सञ्चालन गर्दै आएका विवेक पण्डितले पनि कण्डम किन्ने ग्राहकहरूको सङ्ख्या बढेको बताएका छन्। उनका अनुसार, आफ्नो पसलबाट एन्टिबायोटिक, एमोक्सीलिन, कोड्री मोक्साजोल, एजिट्रो माइसन, सेट्रयाकजोन, डिकोल्ड, पारासिटामोल, साल्बीटामोल र कण्डम दैनिक रूपमा ५/७ वटा बिक्री हुने गरेको छ। उनले तीन दिनमा सात प्याकेट कण्डम बिक्री भएको जानकारी दिएका छन्।
“अहिलेसम्म जाडो मौसम सुरु भएको छ, र विदेशी पर्यटकहरू अझै त्यति धेरै आइपुगिसकेका छैनन्। तर मैले जति कण्डम बेचेँ, ती सबै ग्राहक नेपाली नै छन्,” उनले भने।
पण्डितले ग्राहकको प्रकृति बुझ्न नसक्ने कुरा स्वीकार्दै भने, “म ग्राहकको प्रकृति त छुट्टाउन सक्दिनँ। तर पनि मलाई धेरै चासो छैन। मेरो व्यापार हो, सामान बिक्री भइरहेको छ, यसमा म खुशी छु।”
रोचक संयोगको रूपमा, रास्वपाले पोखरा पुगेका आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विरोध प्रदर्शनका क्रममा सामाजिक सञ्जालमा घुमघामको तस्वीर सेयर नगर्न कडा निर्देशन दिएको छ। यो निर्देशन, प्रदर्शनमा सहभागी हुने र त्यसपछि चुपचाप टाप कसेको जानकारी पाएपछि जारी गरिएको बुझिन्छ।