मृत्युलाई जितेकी योगिनी: गुरु बिकासनन्दको मार्गदर्शनमा भूतपस्या गर्दै सरिता
गुरुको माया: आत्मा छुने अनुभूति
मेरो जीवनको एउटा कठिन मोडमा गुरु माता कमलेश्वोरिअ ज्युको माया र आशिर्वादले मलाई बाँच्ने नयाँ उत्साह दिएको छ। एउटा आमाले छोरीलाई दिने माया जस्तो गहिरो प्रेम र सेवा भाव मैले उहाँबाट पाएँ। उहाँको रेखी शक्ति, ममतामयी स्वरुप, र मानवप्रति दया, माया, करुणाले मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ।
मेरो नाम सरिता हो। म डाक्टर योगी गुरु विकासनन्दको शिष्या हुँ। उहाँसँगको मेरो भेटघाट र उहाँको ज्ञानले मेरो जीवनमा पारेको प्रभावका बारे केही कुरा बाँड्न चाहन्छु। पाँच वर्षअघि म निकै गम्भीर स्वास्थ्य समस्याले ग्रसित थिएँ। धेरै वर्षसम्म औषधि उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार आउन सकेन। अन्ततः, अस्पतालले मेरो रोग निको हुने सम्भावना छैन भनेर घोषणा गरेपछि म निराशामा डुबेकी थिएँ।
यसै निराश अवस्थामा म प्रकृतिसँग फर्किने सोचले आध्यात्मिक गुरु खोज्न थालेँ। यो क्रममा डाक्टर योगी गुरु विकासनन्दको प्रवचन सुन्न पुगेँ। उहाँको शब्दशक्तिले मेरो मुटुमा नयाँ जोस र जीवनप्रति आशा जगायो। उहाँलाई भेट्न पाउँदा मैले जिउँदै भगवानलाई भेटे जस्तै अनुभूति गरेँ।
गुरु ज्ञानले जीवनमा ल्याएको परिवर्तन
सन् २०७७ मा गुरु विकासनन्दसँग भेट हुँदा उहाँको सत्सङ्गमा नौ दिन बिताएँ। उहाँका प्रवचन र ध्यान अभ्यासले मलाई मृत्युको मुखबाट बचाएको महसुस भयो। जीवनप्रति मेरो दृष्टिकोणमा व्यापक परिवर्तन आयो। गुरु ज्ञानले मात्र होइन, उहाँबाट पाएको माया र आशिर्वादले पनि मेरो आत्मबल बढ्यो। आजसम्म गुरुका विचार र प्रवचनले मलाई प्रेरित गरिरहेका छन्।
गुरु माताप्रति मेरो नमन र आभारको कुनै सीमा छैन। उहाँले मलाई असल जीवन जिउन सिकाउनुभएको छ। मेरो बाँकी जीवन गुरु ज्ञान, सेवा, र करुणामा समर्पित हुनेछ। "हाम्रो स्वास खेर नजाओस्, र हाम्रो लास खेर नजाओस्" भन्ने गुरुवचन मेरो जीवनको मूल मन्त्र बनेको छ।
मेरो प्रगति र सफलताका लागि मैले प्राप्त गरेका सबै पुण्यहरू गुरु मातापिताको पोल्टोमा सुम्पने प्रण गर्छु। जय गुरुदेव! जय गुरुमाता! 🙏❤️
मंसिर १६ गतेदेखि २२ गतेसम्म भूतपस्या बस्ने योगिनी सरिता पार्वती डाक्टर योगी गुरु विकासानन्दकी शिष्या हुनुहुन्छ। उहाँ भूतपस्या बस्नुको कारण उहाँको व्यक्तिगत अनुभव र गुरु प्रतिको समर्पण हो। योगिनी सरिताले आफ्नो जीवनमा गुरुबाट प्राप्त ज्ञान, माया, र आशिर्वादले मृत्युको मुखबाट बचेर नयाँ जीवन पाएको महसुस गर्नुभएको छ। यो तपस्या उहाँले आफ्नो गुरु प्रतिको आभार व्यक्त गर्न, आत्मशुद्धि गर्न, र गुरुका उपदेशलाई जीवनमा पूर्णरूपले आत्मसात् गर्न गरिएको एक साधना हो। स्वामी विकासानन्दप्रतिको श्रद्धा र उहाँको प्रेरणाबाट प्रभावित हुँदै योगिनी सरिताले यस तपस्यालाई जीवनको एक महत्वपूर्ण मार्गचरण मान्नुभएको छ।