शीर्ष नेताहरूमाथि बालेन्द्र शाहको ‘दानबिकरण’ अभियान: समाजमा अशान्ति फैलाउने उद्देश्य?
राम प्रसाद रिजाल, युबा नेता, नेकपा एमाले
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो क्रियाकलाप र विवादास्पद दृष्टिकोणका कारण देशभरि व्यापक आलोचना खेपिरहेका छन्। शाहको वरिपरि रहेका केही अराजक सल्लाहकार तथा युट्युबरहरूले हालको राजनीतिक परिप्रेक्ष्यमा अस्थिरता ल्याउने संकेत गरेका छन्। उनीहरूले बालेन्द्रलाई 'देवता'का रूपमा उभ्याउँदै समाजमा शीर्ष नेताहरूको दानबिकरणको अभियान चलाइरहेका छन्, जसले सार्वजनिक शान्तिमा असर पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, र पुष्पकमल दाहाल 'प्रचण्ड' जस्ता गणतन्त्र र संघीयताको पक्षधर नेताहरूलाई यस्ता समर्थकहरूले नकारात्मक छविमा प्रस्तुत गर्दै आएका छन्।
शाहको अस्पष्ट राजनीतिक उद्देश्य र वास्तविक परिचयप्रति शंका
बालेन्द्र शाहको राजनीतिक उद्देश्य अझै स्पष्ट हुन सकेको छैन। संघीयता, गणतन्त्र, र धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण राष्ट्रिय विषयमा उनको दृष्टिकोण अझै स्पष्ट छैन। उनी आफूलाई ‘शाह’ लेख्छन्, जुन नाम राजपरिवारसँग सम्बन्धित छ। तर, उनी तराईको साह समुदायका हुन्, जसका कारण उनको वास्तविक परिचय र उद्देश्यप्रति धेरैले शंका गरिरहेका छन्।
बालेन्द्रले पछिल्लो स्थानीय चुनावमा प्रमुख दलहरूसँग टिकट मागेका थिए, तर त्यहाँबाट उनको प्रस्ताव अस्वीकार भएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा उठेर चुनाव जितेका थिए। चुनाव जितेपछि उनले शीर्ष नेताहरूप्रति देखाउन थालेको इगोले उनलाई विवादको केन्द्रमा ल्याएको छ।
समाजमा उच्छृंखलता फैलाउने बालेन्द्रको अभियान
बालेन्द्रले सिंहदरबारको प्रतीकात्मक जलाउने प्रस्ताव गरेका थिए, जसले जनताको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको छ। उनले काठमाडौं महानगरको कार्यालयमा आफ्ना कर्मचारीहरूमाथि निगरानी राख्न सीसीटीभीसमेत जडान गरेका छन्, जसलाई धेरैले असंवैधानिक र कर्मचारीहरूको गोपनीयतामा हस्तक्षेप मानिरहेका छन्। बालेन्द्रका नजिकका केही व्यक्तिहरूमा भ्रष्टाचारमा संलग्न भएको आशंका पनि छ, जसले शाहको नेतृत्वमा प्रश्न उठाएको छ।
पार्टी र नेताहरूको सम्मानको रक्षामा भिड्नुपर्छ
नेकपा एमाले लगायतका पार्टीहरू अहिले चौतर्फी आक्रमणको शिकार भइरहेका छन्। यो अवस्थामा पार्टीका सदस्यहरूले शीर्ष नेताहरूको पक्षमा उभिनुपर्ने आवश्यकता झन् बढेको छ। सामाजिक सञ्जालमा आक्रमणकारीहरूले अपमानजनक र तुच्छ सामग्रीहरू पोस्ट गर्दै पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको इज्जतमा आघात पुर्याइरहेका छन्। यस्तो घृणास्पद सामग्रीको सामना गर्दै आफ्नो विचार प्रस्तुत नगर्ने नेता र कार्यकर्तालाई अब नेकपा एमाले सदस्य मान्न सकिन्न।
आजको राजनीतिक परिवेशमा सामाजिक सञ्जालमा आफ्नो जिम्मेवारीबोध नगर्ने कुनै पनि सदस्यको भूमिका शंकास्पद मान्न सकिन्छ। पार्टी र नेताहरूको पक्षमा जनतालाई जागरूक बनाउने र गलत प्रचारको प्रतिवाद गर्ने कार्य नै आजका सदस्यहरूको कर्तव्य हो। पार्टीको मुल्यांकनको नयाँ आधार भनेको सामाजिक सञ्जालमा सक्रियता मात्र नभएर, चिया चौतारीदेखि मेलापातका स्थानसम्ममा पार्टीका उपलब्धिहरू प्रचार गर्नु हो।
बालेन्द्र शाहको गिरफ्तारी र अनुसन्धानको माग
बालेन्द्र शाहको पछिल्लो गतिविधि, उनको गिरोहद्वारा फैलाइएका उत्तेजक सन्देशहरू, र शीर्ष नेताहरूमाथि गरिएको दानबिकरणको अभियानले कानूनी दृष्टिले प्रश्न उठाएको छ। बालेन्द्रले गणतन्त्र, संघीयता, र राष्ट्रिय स्थिरतामा आघात पुर्याउने उद्देश्यले समाजलाई उत्तेजित बनाउँदै गर्दा उनको गिरोहद्वारा सिर्जित सामाजिक अशान्ति तत्काल रोक्न जरुरी भएको छ।
शाहलाई अविलम्ब पक्राउ गरी, उनको सम्पूर्ण गतिविधिको कडा अनुसन्धान गर्नुपर्ने आवश्यकता छ। देशको शान्ति र सुव्यवस्था कायम राख्न, बालेन्द्र र उनका सहयोगीहरूले उक्साएका सम्पूर्ण उत्तेजक कार्यहरूलाई नियन्त्रण गर्नु अपरिहार्य भइसकेको छ। यस्तोमा, न्यायिक निकायहरूले शाहलाई कानूनी प्रक्रियामा ल्याइ अनुसन्धान अघि बढाए मात्र समाजमा शान्ति कायम राख्न सकिन्छ।
सम्पादकीय सूचना: यो लेख नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालद्वारा तयार पारिएको हो। यसमा व्यक्त विचारहरू लेखकका व्यक्तिगत हुन् र यसले नेपाल आजका प्रकाशक वा सम्पादकको धारणा प्रतिनिधित्व गर्दैन।
बालेन्द्र शाह राम प्रसाद रिजाल