के एनआईसी बैंक डुब्दै छ? अब के गर्ने?

के एनआईसी बैंक डुब्दै छ? अब के गर्ने?

होसियार, एनआईसी बैंक डुब्दै छ। एनआईसी बैंकमा भएको पैसा निकालिहाल्नु। ऋण दिएर धितो खाने बैंक हो एनआईसी। यसको खराब कर्जा अरु भन्दा धेरै छ। .... यस्ता विषयको हल्ला अहिले सामाजिक सञ्जालमा। बिहान उठ्ने बित्तिकै शौचालय जाने बेला देखी सुत्ने समय सम्म एनआईसी एसियाका यस्ता पोस्टले हैरान बनाइसक्यो। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ एनआईसी एसिया विरुद्ध खनिएपछि सामाजिक सञ्जालमा आगोमा घिउ थपिएको छ।

एकातर्फ सामाजिक सञ्जालमा यस्तो चर्चा छ र अर्कोतर्फ 'वाणिज्य बैंकमध्ये अब्बल एनआईसी एशिया, सबै सूचक उत्कृष्ट' भन्दै बिभिन्न सञ्चार माध्यममा समाचार पनि आइरहेको छ। एनआईसी एशिया बैंक डुब्दैछ भन्ने हल्ला व्यापक रुपमा आउन थालेपछि नेपाल राष्ट्र बैंक पनि बोलेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ‘फलानो बैंकबाट सबै बचत फिर्ता गर्न थाल, खत्तम हुँदैछ भनेर हौवा फैलाएर बैङ्किङ क्राइसिस ल्याउने प्रयास’ भइरहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।

वाणिज्य बैंकमध्ये अब्बल 

एनआईसीको दाबी एनआईसी एशिया बैंकको दाबी अनुसार मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतका सूचकहरू वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट रहेको छ । एआईसी एशियाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एनआईसीको खराब कर्जा दर १.१९ प्रतिशत छ । ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनु स्वभाविक मानिन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको नीतिअनुसार वाणिज्य बैंकको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब हो । हाल एनआईसी एशियाको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।

एकातर्फ मिडियाहरूमा समाचार आईरहेकै छ, दुर्गा प्रसाईँ ले यस विषयलाई उचालिरहेका छन्। अर्कोतर्फ बैंकले आफूलाई उत्कृष्ट भनेर दाबी गरिरहेको छ। नियामक संस्था नेपाल राष्ट्र बैंक र अर्थमन्त्री ले पनि हल्लाको पछि नलाग्न भनिसकेका छन्।

अब के बुझ्ने जनताले? कसलाई पत्याउने? कसलाई नपत्याउने? अब हल्लाको पछि लाग्ने, हल्लाको पछि नलाग्ने र अलमलमा परेका सबैले यसरी सोच्न जरुरी देखिन्छ।

पहिलो को हुन् त दुर्गा प्रसाईँ? प्रसाईँ तिनै मेडिकल व्यवसायी हुन जसले देश चलाउन सकिदैन भने भारतको एक प्रान्त बनाम भन्छन्। उनको अनुसार त्यसपछि नेपालीले सस्तोमा गाडी चड्छन् र दिल्ली-मुम्बई लगायत सम्पूर्ण भारत नेपाल कै हुन्छ। अनि उनले दिने प्राय सबै अभिव्यक्ति विवादास्पद हुने गर्छ। उनी कहिले माओवादी हुन्छन, कहिले एमाले हुन्छन। अहिले उनी खाट्टी राजावादी हुन्।

हल्ला चलाउनु दण्डनीय अपराध होइन?

यो बैंक राम्रो, यो बैंक नराम्रो भनेर हल्ला चलाउन मिल्दैन। नियामक निकाय ले बैकको क्षमता बिभिन्न सूचकको आधारमा जाँच्ने गरेको हुन्छ। यसलाई 'क्यामेल्स रेटिङ्ग' भनिन्छ जुन एक पर्यवेक्षक मूल्याङ्कन प्रणाली हो। आम जनतामा भ्रम नपरोस् भनेर यस मूल्याङ्कनलाई सार्वजनिक समेत गर्ने गरिदैन। यो सार्वजनिक गर्दा कुनै बैंक राम्रो र कुनै बैंक नराम्रो भन्ने भ्रम पर्न जान्छ। यसै आधारमा जनतामा भ्रम पर्न जान्छ भनेर नतिजा सार्वजनिक समेत गरिदैन।

यहाँ त बैंक लाई अपराधी करार गरिएको छ र निक्षेप निकाल्न उद्घोघोस गरिएको छ। यस्तो नहोला तर सबै मान्छे एकै पटक निक्षेप निकाल्न गए र बैंक समस्यामा पर्यो भने बैंक आफ्नो कारणले नभएर अभियन्ता र मिडियाको कारण समस्या सृजना भएको हुन्छ। र यसको जोखिमको जिम्मेबार पनि अभियन्ता र मिडिया नै हुनुपर्छ। यो काम दण्डनीय छ।

अब के गर्ने?

हल्लाको पछि नलागी बैंक को सूचकहरू को अध्ययन गर्न जरुरी छ। आफ्नो लागि सहज र भरपर्दो बैंक सँग कारोबार गर्नु पर्दछ। 

संम्बधित खबर