अमेरिकासँग सेना-सेनाबीचको सम्बन्ध बढाउन भारतीय सेना प्रमुखको आग्रह

अमेरिकासँग सेना-सेनाबीचको सम्बन्ध बढाउन भारतीय सेना प्रमुखको आग्रह

नयाँ दिल्ली । भारतका सेना प्रमुख मनोज पाण्डेले अमेरिका भ्रमण गरेका छन्। उनले आफ्नो भ्रमणका क्रममा भारत–अमेरिका सैन्य सम्बन्धको बारेमा बोलेका छन्।

खलिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यापछि र लक्षद्वीप टापुहरू विरुद्ध माल्दिभ्स विवादपछि भारतले पछिल्ला केही महिनाहरूमा क्यानाडालगायत केही राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धलाई तनावपूर्ण बनाएको छ।

यी तनावपूर्ण सम्बन्धका बीचमा भारतको संयुक्त राज्य अमेरिकालगायत अन्य देशहरूसँग पनि बलियो सम्बन्ध छ। यस वर्ष अमेरिकामा राष्ट्रपतिको चुनावको तयारी भइरहेको बेला पेन्टागनकी उपसचिव सबरीना सिंहले भारतसँग आफ्नो देशको सैन्य सम्बन्धको बारेमा कुरा गरेकी छन्।

उक्त छलफलका क्रममा भारतका सेना प्रमुख पाण्डेले अमेरिका र भारतबीच सैन्य सम्बन्ध थप बलियो बनाउने र साझेदारी बढाउने बताएका छन्।

प्रधानसेनापति मनोज पाण्डेले चार दिने अमेरिका भ्रमण गरेका थिए।

संम्बधित खबर