चिनियाँ  चाहनामा यसरी बन्यो फेरी बाम गठबन्धन

अनिल तिवारी

चिनियाँ  चाहनामा यसरी बन्यो फेरी बाम गठबन्धन

तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लाई पार्टीबाट गलत्याउँदै संसद् विघटन गरेपछि दाहाल र नेपाल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा को दैलोमा पुगेका थिए। देउवाले दुवैको राजनीति मात्र जोगाएनन् , उनीहरूको पार्टीलाई बचाउन चुनावी गठबन्धन समेत गरे। २००७ साल देखि बीपी कोइराला, गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाले स्थापित गरेको लोकतान्त्रिक जनमत सँग सम्झौता गर्दै देउवाले उग्र कम्युनिस्ट बिचार बोकेका पार्टीसँग बाम लोकतान्त्रिक गठबन्धन गर्दै चुनाबमा होमिए। परिणाम स्वरुप नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन ले चुनाब जितेको थियो। 

बाम लोकतान्त्रिक गठबन्धनले चुनावी तालमेल गरेर प्रतिनिधि सभाको निर्वाचन २०७९ मा बाजी मारेको थियो। पाँच वर्ष आलोपालो सरकार सञ्चालन गर्ने सहमति सहित पहिलो दुई वर्षे कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले बाम लोकतान्त्रिक गठबन्धन तोडे। प्रधानमन्त्री प्रचण्डले बाम लोकतान्त्रिक गठबन्धन तोड्नु अप्राकृतिक र जनमतको विरुद्ध रहेको कतिपयको बुझाई छ। सरकार सुविधाजनक बहुमतमा रहेको बेला र सत्तारुढ दलहरूले सहयोग गर्दागर्दै पनि गठबन्धन परिवर्तन गर्नुले थप आशंका बढाएको छ। केही भारतीय मिडियाले चीनको भूमिकाका कारण गठबन्धन फेरबदल भएको खुलासा गरिसकेका छन्। 

चिनीयाँ उपमन्त्री सुन हैयानले माघ १२ देखि १५ माघसम्म चिनीयाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमण गरिन्। । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग बेग्ला भेटवार्ता गरिन्। उनले १४ माघमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलहरूको संयुक्त परामर्श छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नेमकिपा, जनमत पार्टीसमेतका दोस्रो तहका नेतासँग खुलेर छलफल गरिन्। 

नेपालमा चिनियाँ परियोजनाहरू को विरोध हुन् थालेपछी उपमन्त्री हैयान नेपाल आएर सबै दलहरूलाई बिआरआई लगायत सबै चिनियाँ परियोजनामा समर्थन गर्न आव्हान गरिन। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस नेता डा शशांक कोइराला, माओवादी नेता देव गुरुङ र रास्वपा नेता शिशिर खनाल लगायतको उपस्थिति रहेको कार्यक्रममा उपमन्त्री ले अर्ति उपदेश दिन भ्याएकी थिइन। 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटेर रास्वपालाई प्रगतिको शुभकामना दिएकी थिइन । चिनीयाँ राजदूत चेन सोङ्गले पटक पटक पोखरा एयरपोर्ट बिआरआई को भाग हो भनेका छन् । उनले औपचारिक कार्यक्रममा यसो भन्दा पनि सँगै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका वक्ताहरूले खण्डन गर्न सकेनन् ।पहिलो अन्तर्राष्ट्रिय उडानमार्फत आएको जहाज अवतरण भएपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा एयरपोर्ट बीआरआई अन्तर्गतकै परियोजना भएको दोहोर्याए । सँगै रहेका पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले केही बोलेनन्। अहिलेसम्म खासै प्रतिवाद  भएको छैन। नेपाल पक्षबाट कसैले टिप्पणी गर्ने हैसियत राखेनन् वा पोखरा एयरपोर्ट बीआरआईअन्तर्गतको परियोजना होइन भन्ने आँट गरेनन्।
नेपाल सरकारले यस्तो छाडा चिनियाँ राजदूतलाई कारबाही गर्न सकेको छैन। 

श्रोतका अनुसार चिनियाँ उपमन्त्री सुन हैयान नेपाल आएदेखि नै बाम गठबन्धन पुन बनाउने गृहकार्य सुरु भएको थियो। बिशेस गरी नेपाली कांग्रेसले चिनियाँ हस्तक्षेप को प्रतिरोध गरेको र चिनियाँहरु सँग नगलेको कारण चीनले सत्ता परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको बताइन्छ। चीनले लामो समयदेखि नेकपा एमाले, एकीकृत समाजवादी, जसपा, रास्बपा लगायतसंग प्रतक्षअप्रतक्ष रूपमा संवाद गरिरहेको थियो  । बाम एकताको निम्ति माओवादी सहमत नभएको कारण कुरा अड्किरहेको थियो। भर्खरै चितवन मा भरतपुर भ्रमण महोत्सव मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सबै चितवन गएका थिए र त्यहाँ रहेको चिनियाँ टोलीको पनि उपस्थिति थियो। यसै समयमा गठबन्धन फेरियो। यो चिनियाँ चाहनामा बिआरआई परियोजना लागू गर्न भएको कतिपयको बुझाई छ।   

संम्बधित खबर