ओली मन्तिपरिषद् : दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ

ओली मन्तिपरिषद् : दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन्।

कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ। सिंह र पौडेल विगतमा पनि पटक-पटक मन्त्री भएका व्यक्ति हुन्।

कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ। नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन्। 

दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन्। तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेका छन्। कांग्रेसका शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन्।

एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन्। मधेशबाट राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ। त्यस्तै, सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन्। भण्डारी र अधिकारी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए।

त्यस्तै, शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन्। जसपाबाट नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन्।

संम्बधित खबर