विवादास्पद बालेन : काठमाडौं महानगरले गृह मन्त्रालयको जग्गामा पार्क बनाउँदा विवाद सुरू

विवादास्पद बालेन : काठमाडौं महानगरले गृह मन्त्रालयको जग्गामा पार्क बनाउँदा विवाद सुरू

काठमाडौँका मेयर बालेन शाहले विवादास्पद कार्य गर्दै जनताको ध्यान तान्न खोज्छन्। उनले केन्द्र सरकार र जनतालाई सूचित नगरी निर्णय गर्छन्।

आलोकनगरस्थित स्केट बोर्ड पार्क निर्माण कार्य सुरू भएसँगै काठमाडौं महानगरपालिका र गृह मन्त्रालयबीच विवाद सुरु भएको छ। काठमाडौं महानगरले गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जग्गामा समन्वय नगरी ११ रोपनी ३ पैसा क्षेत्रमा स्केट पार्क बनाउन थालेपछि विवाद उत्पन्न भएको हो।

प्राधिकरणले जग्गा संरक्षणका लागि पत्र पठाएको थियो तर महानगरले स्वीकृति बिना नै स्केट पार्क निर्माण गर्न सम्झौता गरिसकेको छ। महानगरले ६ करोड ७० लाख ९७ हजारमा सानु सुवाल-पवन जेभीसँग सम्झौता गरेको हो।

महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले भने, "हामीले टहरा हटाएर सार्वजनिक पार्क बनाउने प्रयास गरेका हौं।" तर प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले महानगरलाई जानकारी गराउँदा पनि निर्माण कार्य अघि बढाएको बताए। 

प्राधिकरणले असार ७ गते जिल्ला प्रशासन कार्यालयलाई पनि संरक्षणका लागि पत्राचार गरेको छ। प्राधिकरणले केही वर्षअघि जग्गा संरक्षणका लागि पर्खाल समेत लगाएको थियो।

शाक्यले उक्त पार्क सर्वसाधारणका लागि बनाइँदै गरेको र कुनै संरचना निर्माण नगर्ने बताए। उनले खोलाको किनारमा संरचना निर्माण गर्न नमिल्ने कानुनी व्यवस्था भएको दाबी गरे।

संम्बधित खबर