'बैगुनी' कान्छो झरीमा रमाउँदै

'बैगुनी' कान्छो झरीमा रमाउँदै

काठमाडौँ - प्रधानमन्त्री के पी शर्मा ओलीले कुनै बेला ‘बैगुनी कान्छा’ भनेर चिनाएका नेकपा एमालेका नेता योगेश भट्टराई आज झरीमा रमाउँदै देखिए। उनले आफ्नो फेसबुकमा पोस्ट गरेको स्टाटसमा उल्लेख गरेअनुसार, आज बिहान उनले विष्णुद्वारसम्मको यात्रा गरे। 

उनले स्टाटसमा लेखेका छन्, "आज बिहान विष्णुद्वार, विष्णुमतीको मुहान विष्णुद्वारसम्म। बुढानीलकण्ठ मन्दिर - डाँडागाउँ - विष्णुद्वार- मुहान पोखरी पुनः बुढानीलकण्ठसम्म। साथमा रमेश बरालजी!" 

भट्टराईले झरीमा रमाउँदै गरेका फोटोहरू पनि पोस्ट गरेका छन्। झरीको रौनकमा रमाउँदै उनले आफ्नो फेसबुक वालमा तुलसी पराजुलीको कविता पनि लेखेका छन्:

"कान्छीको छाता
ढल्काइदेऊ यता
घाम पर्‍यो निधारैमा.."

- तुलसी पराजुली

झरीमा रमाउँदै गरेका फोटोहरू र कविताले सामाजिक सञ्जालमा धेरैको ध्यान आकर्षित गरेको छ।


संम्बधित खबर