विदेश

बाङ्ग्लादेशमा सरकारी जागिरमा आकर्षण, कोटा प्रणालीको चर्को विरोध, हिंसात्मक बन्यो आन्दोलन

बाङ्ग्लादेशमा सरकारी जागिरमा आकर्षण, कोटा प्रणालीको चर्को विरोध, हिंसात्मक बन्यो आन्दोलन

बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ। केही व्यक्तिको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन्।

विद्यार्थीहरूले आरक्षण प्रणाली भेदभावपूर्ण भएको भन्दै योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्। राजधानी ढाकासहित विभिन्न सहरहरूमा भएको आन्दोलनमा सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न भएको छ।

छ जनाको मृत्यु भएको र सयौँ घाइते भएको पुष्टि भएको छ। सरकारले हिंसाका निम्ति विपक्षी समूहहरूलाई दोष दिएको छ।

अदालतले वर्तमान प्रणालीलाई निलम्बन गरिदिएको छ र अगस्ट ७ मा यससम्बन्धी मुद्दाको सुनुवाइ हुने छ। विद्यार्थीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।