अदालतको आदेशपछि न्युरोडमा फुटपाथ विस्तार पुन: सुरु

अदालतको आदेशपछि न्युरोडमा फुटपाथ विस्तार पुन: सुरु

काठमाडौँ — उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुन: सुरु गरेको छ। बुधबार बिहानैदेखि महानगरले न्युरोडको सडक भत्काएर जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तारको काम अघि बढाएको छ।

महानगरले जेठ ११ गते फुटपाथ विस्तार र सुधारको काम थालेपछि डिभिजन सडक कार्यालयले जेठ १३ र १६ गते दुई पत्र पठाएर काम रोक्न आग्रह गरेको थियो। यसपछि, महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो।

संम्बधित खबर