विदेश

दुबईकी राजकुमारी शेखा महराले इन्स्टाग्राममा श्रीमानसँगको सम्बन्ध विच्छेद घोषणा गरिन्

दुबईकी राजकुमारी शेखा महराले इन्स्टाग्राममा श्रीमानसँगको सम्बन्ध विच्छेद घोषणा गरिन्

दुबईकी राजकुमारी शेखा महरा बिन्त महोमद बिन रसिद अल माक्तुमले आफ्नो श्रीमान् शेख मना बिन महोमद बिन रसिद बिन मना अल माक्तुमसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेकी छन्। राजकुमारी महराले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा एक पोस्ट गर्दै लेखेकी छन्, "प्रिय श्रीमान्, तपाईँ अरूसँगै व्यस्त भएकोले मैले सम्बन्ध विच्छेदको घोषणा गरेको छु। मैले सम्बन्ध विच्छेद गरेँ। मैले सम्बन्ध विच्छेद गरेँ। मैले सम्बन्ध विच्छेद गरेँ। आफ्नो ख्याल गर्नु। तिम्रो पूर्वश्रीमती।"

यो पोस्टले इस्लामी परम्परा अनुसार तीन पटक 'तलाक' उच्चारण गरेर सम्बन्ध विच्छेद गर्न सकिने प्रचलनको संकेत गरेको देखिन्छ, जसलाई धेरै देशहरूमा प्रतिबन्धित गरिएको छ। 

शेखा महराले आफ्नो श्रीमान्सँगको सबै तस्बिरहरू आफ्नो खाताबाट हटाएकी छन् भने, शेख मनाको खातामा पनि उनकी पत्नीका तस्बिरहरू देखिँदैनन्। दुबै जनाले अप्रिल २०२३ मा धुमधामका साथ विवाह गरेका थिए र दुई महिना अघि उनीहरूको पहिलो सन्तान जन्मिएको थियो। 

इन्स्टाग्राममा केही प्रयोगकर्ताहरूले शेखा महराको खाता ह्याक भएको हुन सक्ने अड्कल गरेका छन्, तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन। दुबई सरकार र लन्डनस्थित युएई दूतावासले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।