सर्वोच्च अदालतले हटाउन आदेश दिएको सुकुम्बासी बस्तीमा प्रभु यशुको बास!

काठमाडौं, पुस १७: सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएपछि ती बस्तीका बासिन्दा तरंगित भएका छन्।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भयो। यसमा वास्तविक सुकुम्बासीलाई स्थानान्तरण गरी नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ।
अदालतले वास्तविक सुकुम्बासी पहिचान गरी हाल काठमाडौं इचंगुनारायणमा रहेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिएको छ।
गत २०७९ मंसिर १२ गते काठमाण्डौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन प्रयास गरेको थियो। उक्त बस्ती सरकारी स्वामित्वको जग्गामा अनाधिकृत रुपमा बसेको थियो।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली एक्स्काभेटर लिएर पुगेपछि स्थानीयवासीले खुकुरी, भाला, ढुङ्गामुढासहित आक्रमण गरे। झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भए।
महानगरले यो बस्ती हटाउन प्रयास गरेको यो पहिलो घटना भने होइन। धेरैको तर्क छ कि थापाथलीका धेरै व्यक्तिसँग काठमाडौं लगायत देशका विभिन्न भागमा जग्गा–जमिन छ। कतिपयका छोराछोरी विदेशमा डाक्टर–इञ्जिनियरसमेत पढिरहेका छन्। उनीहरूलाई सुकुम्बासी नभएर ‘हुकुम्बासी’ मानिन्छ। तर, अहिलेसम्म सफलता भने मिलेको छैन।
जानकारहरूका अनुसार थापाथलीको सुकुम्बासी बस्ती हटाउन नसक्नुका दुई प्रमुख कारण छन्। पहिलो, राजनीतिक संरक्षण र दोश्रो, प्रभु यशुको बास।
सुकुम्बासी बस्तीको वारेमा अध्ययन गरेका र जानकारहरूका अनुसार त्यहाँ करिब १५/२० प्रतिशत मात्रै वास्तविक सुकुम्बासी छन्। बाँकी सबै हुकुम्बासी हुन्। उनीहरूको सम्बन्ध देशका ठूला राजनीतिक दलहरूसँग छ। राजनीतिक दलले सुकुम्बासी बस्तीलाई भोट बैंकको रूपमा प्रयोग गरिरहेका छन्।
सुकुम्बासी वस्तिमा प्रभु यशुको बासले पनि यसको हटाउने प्रयास असफल भएको छ। यो वस्तीमा क्रिस्चियन धर्म मान्नेहरूले चर्च निर्माण गरिसकेका छन्। प्रभुका अनुयायीहरूले यहाँ वेलावेलामा मान्छेहरू ल्याउने र वसोवास गराउने गर्छन्।
महानगरले जति नै प्रयास गरे पनि सुकुम्बासी बस्ती हटाउन र सरकारी स्वामित्वको जग्गा खाली गर्न सफल हुन सकेको छैन। प्रभुका दूतहरूले संरक्षण गरेको यो वस्ती मेयर बालेन्द्र साहको डोजरसमेत कमजोर सावित भएको छ।
सुकुम्बासी बस्तीमा प्रभु यशुको बास !