काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण हुने !

काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण हुने !

काठमाडौँ, साउन ४ – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ। उहाँले जनताको गुनासोलाई ध्यानमा राख्दै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो।

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयको बिहीबार गरेको निरीक्षण तथा सो कार्यालयको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो। 

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन, पानी प्रशोधन केन्द्रहरूको निर्माण तथा सञ्चालन लगायतका आयोजनाबारे जानकारी लिनुभएको थियो। उहाँले भन्नुभयो, "मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो। मेलम्ची खानेपानी आयोजनाको पानी वर्षभरि काठमाडौँका बासिन्दालाई पुर्‍याएर देखाउनु पर्छ।"

संम्बधित खबर