विदेश

धेरै भयो दलगत राजनीति, अब पाँच वर्ष देश विकासको राजनीति गरौं: प्रधानमन्त्री

धेरै भयो दलगत राजनीति, अब पाँच वर्ष देश विकासको राजनीति गरौं: प्रधानमन्त्री

नयाँ दिल्ली, (नेपाल आज)। बजेट सत्र अघि संसद भवनमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलहरूसँग अब चुनावी राजनीतिभन्दा माथि उठेर जनताको हितमा रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेका छन्। प्रधानमन्त्री मोदीले आगामी साढे चार वर्ष समर्पित बनेर संसदको उपयोग गर्न अपील गरे।

प्रधानमन्त्री मोदीले भने, “जनवरी २०२९ मा जब चुनावको वर्ष हुनेछ तब फेरि मैदानमा जानुहोस्। त्यो ६ महिनामा जुन राजनीतिक खेल खेल्नु छ, खेल्नुहोस्। तर, तबसम्म केवल देश, गरीब, किसान, युवा र महिलाहरूको निम्ति जनभागीदारीको जनआन्दोलन गरौं।”

बजेट सत्र अघि परम्परागत रूपमा पत्रकारहरूलाई सम्बोधित गर्दै प्रधानमन्त्री मोदीले भने, “आज सावनको पहिलो सोमबार हो। यस पवित्र दिनमा संसदको सबैभन्दा महत्वपूर्ण मनसून सत्रको सुरूवात भइरहेको छ। संसदको यो सत्र सकारात्मक, सृजनात्मक र देशवासीहरूको सपनालाई साकार बनाउन बलियो आधार राख्ने होस् भनेर देशले ध्यानपूर्वक हेरिरहेको छ।”

प्रधानमन्त्री मोदीले अझ भने, “हामीले देशवासीहरूलाई जुन ग्यारेन्टी दिएका छौं, ती ग्यारेन्टीहरूलाई जमिनमा उतार्ने लक्ष्यलाई लिएर हामी अगाडि बढिरहेका छौं। यो बजेट अमृतकालको महत्त्वपूर्ण बजेट हो। हामीले पाएको पाँच वर्षको अवसरले २०४७ मा देशले स्वतन्त्रता पाएको १०० वर्ष पूरा हुँदा सम्म विकसित भारतको सपनालाई पूरा गर्ने दिशा निर्धारण गर्नेछ। हरेक देशवासीको निम्ति गर्वको कुरा हो कि भारत ठूलो अर्थतन्त्र भएको देश हो। तीन वर्षमा लगातार ८ प्रतिशत वृद्धिका साथ हामी अगाडि बढिरहेका छौं। आज भारतमा सकारात्मक दृष्टिकोण, लगानी र प्रदर्शन शिखरमा छ। यो आफैमा भारतको विकास यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो।”

प्रधानमन्त्री मोदीले विपक्षी दलहरूको ध्यान आकर्षित गर्दै भने, “हामीले गत जनवरीदेखि लिएर अहिलेसम्म हामीसँग जति पनि सामर्थ्य थियो, जति लडाई लड्नु थियो, लड्यौं। जनताले जे भन्नु थियो, भने। अब त्यो समय पार भइसकेको छ। अब सबै सांसदहरूको कर्तव्य, सबै दलहरूको जिम्मेवारी भने मिलेर आगामी पाँच वर्षसम्म देशको निम्ति लड्नु र देशको निम्ति जुझ्नु हो। हामी एक अनि नेक बनेर जुझ्नु छ। तर दुःखको कुरा के छ भने आज केही दलहरूको नकारात्मक राजनीतिले देशको संसदको महत्त्वपूर्ण समयलाई आफ्ना विफलताहरू ढाक्न दुरुपयोग गरेका छन्।”

उनले अझ भने, “नयाँ संसद गठन भएपछि पहिलो सत्रमा जसरी जनमतलाई नकार्ने काम भएको छ, देशका प्रधानमन्त्रीको आवाजलाई रोक्ने काम गरियो, यसको विपक्षी दलहरूलाई कुनै दुःख छैन। जबकि यो सबैको निम्ति दुःखद हुनुपर्ने थियो।”

प्रधानमन्त्रीले सबै दलहरूलाई पहिलो पटक सदनमा आउने सांसदहरूलाई बोल्ने अवसर दिन अपील गरे। उनले भने, “देशवासीहरूले हामीलाई संसदमा देशको निम्ति पठाएका हुन्, दलको निम्ति होइन। म आशा गर्दछु कि सबै सांसदहरूले चर्चालाई समृद्ध बनाउनेछन्। देशलाई प्रगतिको विचारधाराको आवश्यकता छ। सबै दल र सांसदहरूले लोकतन्त्रको यस मन्दिरको उपयोग देशवासीहरूको आशाहरूलाई पूरा गर्न उपयोग गर्नेछन् भन्ने आशा गर्दछु।”