समाचार

जनमतका उपाध्यक्षद्वारा चिनियाँ राजदूतलाई डिपोर्ट गर्न माग

जनमतका उपाध्यक्षद्वारा चिनियाँ राजदूतलाई डिपोर्ट गर्न माग

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपक कुमार साहले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई डिपोर्ट गर्नुपर्ने माग गरेका छन्। साहले भनाई अनुसार, बारम्बार कुटनीतिक मर्यादाविपरीत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएका राजदूत छन् सोङलाई नेपालबाट निष्कासन गरिनु पर्छ। 

उनका अनुसार, नेपालको हरेक सुखदुःखमा सधैंभरि पहिले सहयोग र सद्भाव राख्ने मित्रराष्ट्र भारतप्रति कटाक्ष गर्ने चिनियाँ रणनीतिलाई सम्बन्धित सरोकारवालाले समयमै बुझ्नुपर्छ। चिनियाँ राजदूत सोङलाई नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पठाइएको स्पष्ट बुझिन्छ। 

साहले भने, "आफ्नो मर्यादाको ख्याल नगरी कुनै पनि राजदूतले अर्को देशको आन्तरिक मामलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन्। उनको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले सरकारले तत्कालै डिपोर्टको प्रक्रिया अघि बढाउनुपर्छ।"

उनले यसअघि पनि नेपालका एक प्रतिष्ठित सञ्चारकर्मीलाई धम्की दिएका थिए। साहको भनाइ छ कि कुनै पनि देशको राजदूतले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नु उपयुक्त छैन र नेपाली जनताले यसलाई सहन सक्दैनन्। 

ई. दीपक कुमार साह, जो जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख हुन्,ले सरकारलाई यस विषयमा कठोर कदम चाल्न आग्रह गरेका छन्।

चेन सोङ