समाचार

देशभर बाढी र पहिरोले जनधनको क्षति

देशभर बाढी र पहिरोले जनधनको क्षति

शुक्रवार राति देखि सुरु भएको अविरल वर्षाका कारण नेपालभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको छ। शनिबार साँझसम्म पाँच जनाको मृत्यु, सात जना बेपत्ता, र धेरै ठाउँमा घर, पूर्वाधार, र राजमार्गहरूमा क्षति भएको छ।

काठमाण्डूमा पहिरोबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। पर्वत र स्याङ्जामा पहिरोका कारण चार जनाको मृत्यु भएको छ। बाढी र पहिरोले तनहुँ, स्याङ्जा, दाङ, र दोलखामा सात जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन्। 

दाङको लमहीस्थित राप्ती नदीमा एकजना बेपत्ता भएका र दुई जनाको सकुशल उद्धार गरिएको छ। स्थानीय प्रहरीका अनुसार दोलखाको गौरिशङ्खर हिमालको फेदबाट गएको पहिरोले आएको बाढीमा एक स्थानीय बेपत्ता भएका छन्। 

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। बाढी र पहिरोले धेरै राजमार्गहरू अवरुद्ध भएका छन्। सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग, विपी राजमार्ग, र मध्यपहाडी राजमार्गमा विभिन्न स्थानमा पहिरोले आवतजावत प्रभावित भएको छ। 

गृह मन्त्रालयले सतर्क रहन र आवश्यक तयारी गर्न निर्देशन दिएको छ। नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको चेतावनी पनि जारी गरिएको छ।

बाढी र पहिरो