कभर स्टोरी

कुलमान घिसिङको वास्तविक अनुहार: अनियमितता र विवादको पर्दाफास!

कुलमान घिसिङको वास्तविक अनुहार: अनियमितता र विवादको पर्दाफास!

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालमा लोडसेडिङ्ग अन्त्य गर्ने मुख्य पात्रको रूपमा परिचित छन्। २०६८ सालमा कुलमान घिसिङको नेतृत्वमा विद्युत् प्राधिकरणले लोडसेडिङ्गको अन्त्य गरेपछि उनलाई 'नेशनल हिरो' का रूपमा मान्यता दिइयो। तर, पछिल्ला दिनहरूमा उनको नियुक्ति र कार्यशैलीमाथि विभिन्न आरोपहरू लागिरहेका छन्। यी आरोपहरू उनका समर्थकहरूले अस्वीकार गरे पनि, यो विषयले नेपाली समाजमा व्यापक चर्चा पाएको छ।

पृष्ठभूमि

कुलमान घिसिङको नियुक्ति प्रक्रियाले राजनीतिक रंग ग्रहण गरेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बिना कारण हटाएर कुलमान घिसिङलाई नियुक्त गरिएको थियो। शाक्यलाई हटाएर कुलमानलाई नियुक्त गर्न प्रचण्ड सरकारले सत्ताको दुरुपयोग गरेको आरोप पनि छ। यसले गर्दा हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, जुन मुद्दा अझै सुनुवाइको पर्खाइमा छ।


आरोपहरूको विवरण

१. पदलोलुप्ता: कुलमान घिसिङमाथि लाग्ने पहिलो ठूलो आरोप हो पदलोलुप्ता। शाक्यलाई हटाएर, कुलमानलाई नियुक्त गरिएको घटनाले उनलाई राजनैतिक प्रभाबका कारण पद प्राप्त गरेको आरोप लागिरहेको छ। यसले नेपाली राजनीतिको अनैतिक पक्षलाई उजागर गरेको छ, जहाँ योग्य व्यक्तिलाई हटाएर राजनीतिक पहुँच भएका व्यक्तिहरूलाई नियुक्त गरिन्छ।

२. भ्रष्टाचार: नेपाल विद्युत् प्राधिकरणमा ठूला आर्थिक कारोबारहरू हुन्छन्। ठेक्कापट्टा, खरिद प्रक्रियामा अनियमितता भएको र कुलमान घिसिङ पनि त्यसमा संलग्न भएको आरोप लगाइएको छ। यस्ता आर्थिक गतिविधिहरूमा पारदर्शिता नहुनु, प्राधिकरणको नेतृत्वलाई नै प्रश्नको दायरामा ल्याउँछ।

३. अभियन्तालाई प्रयोजन: कुलमान घिसिङले आफ्नो छवि निर्माण गर्न र आफ्नो लोकप्रियता बढाउन युट्युबर, पुण्य गौतम जस्ता अभियन्ताहरूलाई आर्थिक प्रलोभन दिएको आरोप छ। यस्ता व्यक्तिहरूलाई प्रायोजन गरेर उनीहरूले कुलमानको पक्षमा प्रचारप्रसार गर्ने काम गरेको भनाइ छ।

४. मिडिया मार्केटिङ: कुलमानमाथि मिडियामा आफ्नो छवि कायम राख्न ठूलो फजुल खर्च गरेको आरोप छ। उनले मिडियामा आफ्नो अनियमितता लुकाउनका लागि पैसा खर्च गरेको र मिडियालाई मेनेज गर्न ठूलो रकम खर्च गरेको आरोप उनीमाथि लागिरहेको छ।

५. माओवादीलाई प्रायोजन: कुलमान घिसिङ माओवादी केन्द्रका कार्यकर्ता भएको र यो पार्टी सरकारमा हुँदा उनले पद प्राप्त गरेको आरोप छ। उनले माओवादी केन्द्रलाई वैध-अवैध माध्यमबाट आर्थिक सहयोग गरेको भन्ने आरोपले राजनीतिक रंग थपेको छ।

६. अनैतिक: हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्नु 'जव ईथिक्स' विपरित रहेको कतिपयको भनाइ छ। यसले प्रशासनिक नैतिकताको मर्मलाई चुनौती दिएको छ।

७. देवतोकरण: लोडसेडिङ्गको अन्त्य भारतबाट बिजुली खरिद गरेर भएको र कुलमानको भूमिका सिमित रहेको कतिपयको बुझाइ छ। तर, उनलाई अनावश्यक रूपमा देवता सरह पूज्न थालिएको आरोप पनि लागिरहेको छ।

८. घमण्डी: कतिपयले कुलमानलाई मिडियामा मात्र राम्रो देखिने तर व्यवहारमा घमण्डी रहेको र आफ्ना मातहतका कर्मचारीलाई हेप्ने गरेको आरोप लगाएका छन्। उनीमाथि राम्रो सार्वजनिक छवि बनाएर वास्तविकता लुकाउने प्रयास गरेको आरोप पनि लागिरहेको छ।


सुझाव

कुलमान घिसिङको नेतृत्वले नेपालमा विद्युत् आपूर्ति क्षेत्रमा महत्वपूर्ण सुधार गरेको छ। तर, उनको कार्यशैलीमाथि उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिने र सुधारका उपायहरू अपनाउनु आवश्यक छ। पदमा नरहेर पनि उनी राष्ट्रहितका काम गर्न सक्छन्। शक्ति र पदले मानिसलाई लोभी र पापी बनाउन सक्छ, त्यसैले यदि उनी साँच्चै इमान्दार हुन् भने, राजनीतिमा आएर देशको समस्या समाधान गर्न ध्यान दिनु उचित हुनेछ।

यो केवल एक व्यक्तिको योगदानले मात्र देश चल्दैन भन्ने बुझ्नुपर्छ। सबैले आफ्नो ठाउँबाट इमान्दारिताका साथ योगदान पुर्‍याए मात्र देश समृद्धि तर्फ अगाडि बढ्न सक्छ।