कर्पोरेट

सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

काठमाडौं, २०८१ साउन ३० – लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सनराइज सेक्युरिटिज लिमिटेडले आजदेखि औपचारिक रुपमा शेयर कारोबारको शुभारम्भ गरेको छ। काठमाडौंको गैह्रिधारा–२ मा रहेको कम्पनीको केन्द्रीय कार्यालयबाट सञ्चालनमा आएको यस कम्पनीको औपचारिक शुभारम्भ लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष श्री रमण नेपालज्यूले एक विशेष समारोहबीच गर्नुभयो।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज र प्रभावकारी रुपमा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा सनराइज सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण योगदान दिने आशा व्यक्त गर्दै सफलताको कामना गर्नुभयो।

कार्यक्रममा लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अजय विक्रम शाहज्यू बिशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले बैंकको सहायक कम्पनीको रुपमा अर्को संस्था स्थापनाको खुसी प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक श्री कमल गौतमज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा एकै ठाउँबाट सरल र सहज रुपमा प्रदान गर्ने जानकारी दिनुभयो।

सनराइज सेक्युरिटिज लिमिटेडको अधिकृत तथा चुक्ता पूँजी रु. २० करोड रहेको छ भने यस कम्पनीले स्टक ब्रोकर नम्बर १०० बाट कारोबार सञ्चालन गर्नेछ।