मनोरञ्जन

आजको ठट्टा: संयुक्त राष्ट्रसंघको सर्वेक्षण पुरा असफल

आजको ठट्टा: संयुक्त राष्ट्रसंघको सर्वेक्षण पुरा असफल

संयुक्त राष्ट्रसंघले एक विश्वव्यापी सर्वेक्षण गर्‍यो।

प्रश्न केवल यति थियो: "के तपाईँ कृपया संसारभरि रहेको खाद्य संकटको समाधानबारे आफ्नो इमानदार विचार दिनुहुन्छ?"

सर्वेक्षण पुरा असफल भयो।

अफ्रिकामा तिनीहरूलाई "खाना" भनेको के हो भन्ने थाहा थिएन।

पूर्वी युरोपमा "इमानदार" भनेको के हो भन्ने थाहा थिएन।

पश्चिमी युरोपमा "अभाव" भनेको के हो भन्ने थाहा थिएन।

चीनमा "विचार" भनेको के हो भन्ने थाहा थिएन। मध्यपूर्वमा "समाधान" भनेको के हो भन्ने थाहा थिएन।

दक्षिण अमेरिकामा "कृपया" भनेको के हो भन्ने थाहा थिएन।

अमेरिकामा "संसारको बाँकी हिस्सा" भनेको के हो भन्ने थाहा थिएन।

भारतमा "सर्वेक्षण" भनेको के हो भन्ने थाहा थिएन।

र नेपालमा "प्रश्न" भनेको के हो भन्ने थाहा थिएन।