तीजमा भव्य भोज: राष्ट्रपति र प्रधानमन्त्रीले कानुन तोड्दै!

तीजमा भव्य भोज: राष्ट्रपति र प्रधानमन्त्रीले कानुन तोड्दै!

सरकारले तीजको अवसरमा हुने तडकभडक र खर्चिला भोजहरुमा प्रतिबन्ध लगाएको छ। काठमाडौं लगायत विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै यस्ता कार्यक्रम आयोजना गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिएका छन्।

आगामी शुक्रबारको तीजका लागि शीतल निवासमा आज भव्य दर कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व राष्ट्रपति, परराष्ट्रमन्त्री, राजनीतिक दलका नेतृहरू, उच्चपदस्थ कर्मचारीहरू, र आफन्तहरूलाई बोलाएर लाखौं रुपैयाँको भोज आयोजना गर्नुभएको छ।

जिल्ला प्रशासन कार्यालयले गत बिहीबार सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ को हवाला दिँदै पर्व मनाउने नाममा अनावश्यक तडकभडक र फजुल खर्च नगर्न अनुरोध गर्दै सूचना जारी गरेको थियो। तर, राज्यको सबैभन्दा उच्च तहले नै कानुन विपरीत भोज आयोजना गर्दा सूचना जारी गर्ने निकाय बेकम्मा सावित भएको छ।

यसअघि, प्रधानमन्त्री पत्नी राधिका शाक्यले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दर कार्यक्रम राख्नुभएको थियो, जहाँ सयौंको सहभागिता थियो। सोही दिन, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आयोजना गरेको भव्य दर कार्यक्रममा पनि सयौं सहभागी भएका थिए। अघिल्लो साता एमाले पार्टी कार्यालय च्यासलमा पनि त्यस्तै कार्यक्रम राखेर महिला नेता तथा कार्यकर्तालाई दर खुवाइएको थियो।

संम्बधित खबर