समाचार

१०,००० भन्दा बढी नेपालीलाई यूएईमा विशेष माफी! यो सुनौलो अवसर नछुटाउनुहोस्, नत्र पछुताउनु पर्नेछ!

१०,००० भन्दा बढी नेपालीलाई यूएईमा विशेष माफी! यो सुनौलो अवसर नछुटाउनुहोस्, नत्र पछुताउनु पर्नेछ!

युनाइटेड अरब एमिरेट्स (यूएई) मा गैरकानुनी हैसियतमा रहेका आप्रवासी कामदारहरूका लागि यूएई सरकारले घोषणा गरेको नयाँ योजनाबाट लगभग १०,००० देखि १५,००० नेपालीले फाइदा लिन सक्नेछन्। अबुधाबीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, गैरकानुनी हैसियतमा रहेका वा भिसा प्रकृति बदल्न चाहनेहरूका लागि यो योजना सेप्टेम्बर १ देखि लागू भएको छ र आगामी ३० अक्टोबरसम्म आवेदन दिन सकिनेछ।

यूएईमा भिसा अवधि सकिएर ओभरस्टे भएका नेपालीहरूलाई जरिबाना मिनाहा गरी स्वदेश फर्कन वा नयाँ रोजगार खोजेर त्यहीं बस्न मौका मिल्नेछ। नेपाली दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदीका अनुसार पछिल्लो समय यूएईमा भिजिट भिसामा आएर काम नपाएका वा केही समयपछि अलपत्र परेका नेपालीहरूको संख्या बढ्दै गएको छ।

दूतावासले जारी गरेको सूचनामा उल्लेख छ कि यूएईमा रहन चाहनेहरूले आफ्नो पुरानो स्ट्याटस परिवर्तन गरेर जब अफर ल्याएपछि त्यहीं बस्न सक्नेछन्। यसरी स्वदेश फर्किने वा यूएईमै बस्नेहरूले भविष्यमा यूएईमा पुनः काम गर्न वा भ्रमण गर्न आउने प्रतिबन्धबाट पनि मुक्त रहनेछन्।

नेपाली दूतावासले आबुधाबी, दुबई र अन्य इमिरातमा रहेका नेपालीहरूको सहायताका लागि विशेष सहायताकक्ष स्थापना गरेको छ। यस अवधिमा स्वदेश फर्कन चाहनेहरूलाई निःशुल्क यात्रा अनुमतिपत्र प्रदान गरिनेछ, र कतिपय विमान कम्पनीहरूले हवाई भाडामा छुट दिने बताएका छन्।

यूएईले यसअघि पनि सन् २०१३ र २०१८ मा यस्तै माफी प्रक्रिया ल्याएको थियो, जसबाट धेरै नेपालीले लाभ लिएका थिए। अहिले पनि यस योजनाबाट धेरै नेपाली कामदारहरूले फाइदा लिन सक्ने अपेक्षा गरिएको छ।