रास्वपामा लोकतन्त्रको मृत्यु: रवि लामिछानेको ‘डिक्टेटरशिप’ को भित्री रहस्य!
रवि लामिछाने थप अधिनायकवादी शैलीमा उत्रिए, डा. मुकुल ढकाललाई पुरानै हैसियतमा फर्काउन माग गर्ने नेतामाथि कारबाही
काठमाडौं जिल्ला अदालत र कास्की जिल्ला अदालतबाट प्रहरी हिरासतबाट छुटेपछि रवि लामिछाने झनै अधिनायकवादी शैलीमा प्रस्तुत भएका छन्। लोकतन्त्रको पहरेदारको रुपमा आफूलाई चित्रण गर्दै आएका लामिछानेका पछिल्ला गतिविधिहरू स्वेच्छाचारी शैलीको नमुना बनेका छन्।
गिरफ्तारी र रिहाइको पृष्ठभूमि
रवि लामिछानेलाई टेलिभिजन पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्नताको आरोपमा पक्राउ गरिएको थियो। पुडासैनीले आत्महत्याको पूर्वसन्देशमा लामिछानेमाथि मानसिक दबाब दिएको गम्भीर आरोप लगाएका थिए। सो मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।
हालसालै काठमाडौं जिल्ला अदालत र कास्की जिल्ला अदालतले रिहा गरेपछि लामिछाने आफ्नो राजनीतिक छविलाई थप उग्र बनाउन अग्रसर देखिए।
डा. मुकुल ढकालमाथि भएको कारबाही
रास्वपाका वरिष्ठ नेता डा. मुकुल ढकाललाई पुरानै हैसियतमा फर्काउन माग गर्दै पत्र पठाउने कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई अनुशासन समितिले अर्को आदेश नभएसम्मका लागि निलम्बन गरेको छ। तिम्सिनाको यो कदमलाई पार्टी नेतृत्वले असहिष्णुतापूर्वक दमन गर्न खोजेको स्पष्ट छ। लामिछानेको नेतृत्वमा असहमतिको स्वरलाई दबाउने परिपाटीले पार्टीभित्र डर र असन्तोषको वातावरण सिर्जना गरेको छ।
राजेश तिम्सिना पूर्व बैंक कर्मचारी हुन् र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। उनी स्वच्छ छविका र भ्रष्टाचारमुक्त व्यक्तित्वको रूपमा परिचित छन्। अर्कोतर्फ, डा. मुकुल ढकाल पेशाले मेडिकल चिकित्सक हुन् र पार्टीभित्र प्रभावशाली नेताको रूपमा चिनिन्छन्।व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातकसम्म अध्ययन गरेका तिम्सिना यस पार्टीमा लाग्नुअघि बैंकका प्रबन्धक तहका कर्मचारी थिए। राजेशको स्वच्छ छवि र डा. ढकालको स्वास्थ्य क्षेत्रको अनुभवले दुवैलाई पार्टीभित्र अलग्गै पहिचान दिलाएको छ।
हेर्नुहोस यो पनि :
रास्वपामा विद्रोहको सुरुवात: रवि लामिछानेको अधिनायकवादविरुद्ध कोशी प्रदेशको आवाज!
हलिउडको ‘डिक्टेटर’ र रवि लामिछाने
रवि लामिछानेको पछिल्लो शैली बलिउड चलचित्र ‘डिक्टेटर’का मुख्य पात्रसँग तुलनीय छ। चलचित्रमा जसरी पात्रले आलोचना र विरोधलाई दबाउन आक्रामक तरिका अपनाउँछ, लामिछानेले पार्टीभित्र र बाहिरका आलोचकहरूलाई उग्र शैलीमा दबाउन खोजेका छन्। यो शैलीले लोकतान्त्रिक प्रक्रियामा आधारित राजनीतिलाई कलंकित गरेको छ।
रास्वपाले आफ्नो लोकतान्त्रिक छवि प्रस्तुत गर्न खोजे पनि पार्टीभित्र "मेनपावर दलाल, सहकारी ठग, भारतीय दलाल, वकिल कुट्ने जङ्गली, पत्रकार बनेर ब्ल्याकमेल गर्ने, हप्ता असुल्ने..." पात्रलाई मात्र स्थान दिइन्छ। यस्तो पात्र नै रास्वपाको प्रमुख आवश्यकता बनेको छ भन्ने विडम्बना छ। रवि लामिछानेको अधिनायकवादी प्रवृत्तिले पार्टीभित्र लोकतन्त्रलाई हराएको स्पष्ट संकेत दिएको छ। उनी नेतृत्वमा रहँदासम्म रास्वपाले आफ्नो राजनीतिक भविष्यलाई गम्भीर संकटतर्फ धकेलिरहेको छ।
मुकुल ढकाल रवि लामिछाने राजेश तिम्सिना