समाचार अपराध सुरक्षा

धामीद्धारा बलात्कृत युवती ६ महिनापछि पुगिन प्रहरीमा

धामीद्धारा बलात्कृत युवती ६ महिनापछि पुगिन प्रहरीमा

बैतडीमा एक महिलामाथि बलात्कार गरिएको ६ महिनापछि घटना बाहिरिएको छ ।

जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया महिलामाथि बलात्कार गरिएको हो । बलात्कारपछि महिला गर्भवती भएको ६ महिनापछि मात्र घटना बाहिरिएको छ । उनीमाथि देवर नाता पर्ने करिब २६ बर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिरिएको हो ।

गत असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो । पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ ।

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ । पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।