खेल

विश्वकप लिग–२ : नेपाल आज अमेरिकासँग भिड्दै, यूएई शृङ्खलाको पहिलो खेल दुबईमा

विश्वकप लिग–२ : नेपाल आज अमेरिकासँग भिड्दै, यूएई शृङ्खलाको पहिलो खेल दुबईमा

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले आज संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। यो लिगको ८६औं खेल हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालले यही खेलमार्फत यूएई शृङ्खलाको सुरुवात गर्दैछ।

हाल अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ भने अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ।

यूएईमा तयारी पूरा गरेर पुगेको नेपाली टोलीले अब शृङ्खलामा चार खेल खेल्नेछ — जसअन्तर्गत दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) यूएईसँग हुनेछ। त्यसपछि नेपालले कात्तिक १५ गते (शनिबार) पुनः अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते (बुधबार) यूएईसँग खेल्ने तालिका छ।