अपराध सुरक्षा

इलाम र प्युठानमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

इलाम र प्युठानमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

इलाम — इलाम र प्युठानमा छुट्टाछुट्टै घटनामा दुई जना पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

इलाम नगरपालिका–९ धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, प्युठानको मल्लरानी गाउँपालिका–२ कौछेका ५५ वर्षीय खुमनाथ शर्मालाई पनि मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ४४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ।