टर्कीको एक रिसोर्टमा आगलागी : ७६ को मृत्यु, ५० भन्दा बढी घाइते
टर्कीको उत्तरपश्चिममा रहेको एक रिसोर्टमा मंगलबार बिहान भएको भीषण आगलागीमा परी मृत्यु हुनेहरूको संख्या ७६ पुगेको छ भने ५१ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार बिहान ३:२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको उक्त होटलमा आगलागी भएको हो। घटनाको समयमा होटलमा करिब २३४ जना पाहुना थिए। आगलागीपछि बाहिरिने कोसिस गर्दा धेरै जना आगो र धुवाँको चपेटामा परेका थिए।
घटनाको अनुसन्धानका क्रममा टर्कीका कानुनमन्त्रीले रिसोर्टका मालिकसहित ९ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
टर्कीको आन्तरिक मन्त्रालयले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै मृतक र घाइतेहरूप्रति समवेदना प्रकट गरेको छ।