समाचार

अमेरिकामा एआई प्रवर्धन गर्न ट्रम्पको ऐतिहासिक घोषणा: पाँच खर्ब डलर लगानी र एक लाख रोजगारी सिर्जना हुने

अमेरिकामा एआई प्रवर्धन गर्न ट्रम्पको ऐतिहासिक घोषणा: पाँच खर्ब डलर लगानी र एक लाख रोजगारी सिर्जना हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवर्धनका लागि ठूलो घोषणा गरेका छन्। उनले पाँच खर्ब अमेरिकी डलर लगानी गरिने र यसले आगामी पाँच वर्षमा एक लाख नयाँ रोजगारी सिर्जना गर्ने जानकारी दिएका छन्।

यो लगानी ओरेकल, ओपन एआई, र सफ्टबैंकजस्ता ठूला प्रविधि कम्पनीहरूले गर्नेछन्। साथै, ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने घोषणा गरेका छन्।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माणको काम पहिले नै सुरु भइसकेको बताएका छन्, जहाँ १० वटा भवन निर्माणाधीन छन्। यो संख्या अब बढाएर २० पुर्‍याइनेछ।

ओपन एआईका प्रमुख साम अल्टम्यानले यो परियोजना ट्रम्पबिना सम्भव नहुने दाबी गर्दै भने, “यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो।”

सफ्टबैंकका मासायोशी सनले ट्रम्पका शब्दहरू सापट लिँदै भने, “यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।”

यो परियोजना एआई प्रविधिलाई अझ उन्नत बनाउने तथा रोजगार र प्रविधिको क्षेत्रमा नयाँ युगको आरम्भ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।