गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

गुल्मी । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने, बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको हो।
पीडित पक्षले दिएको उजुरीका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Rape