एनआईसी एशिया बैंकका ग्राहकका लागि सुकेधाराको Mercure Hotel मा १५ प्रतिशतसम्म छुट सुविधा!

एनआईसी एशिया बैंकका ग्राहकका लागि सुकेधाराको Mercure Hotel मा १५ प्रतिशतसम्म छुट सुविधा!

 

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब राजधानीको सुकेधारामा अवस्थित Mercure Hotel मा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र उक्त होटलबीच भएको सहकार्य सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि ग्राहकहरूले होटलमा आवास सेवा प्रयोग गर्दा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँका अनुसार, यस सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा दिने मात्र होइन, देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न पनि सहयोग पुर्‍याउनेछ। उनका अनुसार, “नगदरहित कारोबारलाई प्रोत्साहन गर्नु बैंकको दीर्घकालीन लक्ष्य हो, र यस्ता सहकार्यहरूले डिजिटल अर्थतन्त्रलाई सबल बनाउँछन्।”

बैंकले पछिल्ला वर्षहरूमा विभिन्न व्यवसायिक संस्था र सेवाप्रदायकहरूसँग सहकार्य गर्दै ग्राहकमैत्री योजना अघि सारेको छ। यसरी बढ्दै गएको सहकार्यले उपभोक्तामा डिजिटल भुक्तानी प्रणालीप्रति विश्वास र प्रयोगको संस्कार विस्तार हुने बैंकको अपेक्षा छ।

संम्बधित खबर