अपराध सुरक्षा

तीन जिल्लाबाट पाँच जना लागूऔषधसहित पक्राउ, ब्राउनसुगर र गाँजा बरामद

तीन जिल्लाबाट पाँच जना लागूऔषधसहित पक्राउ, ब्राउनसुगर र गाँजा बरामद

बाँके / रूपन्देही / सिराहा — प्रहरीले बुधबार देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकासँग ब्राउनसुगर र गाँजासहित केही अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८, वाटरपार्क नजिकबाट २४ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ का २५ वर्षीय टपन रानाखजुरा गाउँपालिका–२ का २५ वर्षीय पवन रावल छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट ६ किलो ७ सय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँकी ५९ वर्षीया सविता विक३५ वर्षीय सजिव बहादुर घले रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाको टोलीले सविता विकको किराना पसलमा तलासी गर्दा गाँजा फेला पारेको थियो। प्रहरीले लु.२३प ७४५१ नम्बरको स्कुटर पनि बरामद गरेको छ।

सिराहाको कर्जन्हा नगरपालिका–३ बाट करिब ६ ग्राम १ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बर्दिया–बारबर्दिया नगरपालिका–५ का ३४ वर्षीय रामकुमार चौधरी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बन्दीपुर र मिर्चैयाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

तीनै घटनामा प्रहरीले बरामद गरिएको लागूऔषध र पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ।