एनआईसी एशिया बैंकका ग्राहकका लागि खुशीको खबर: आँखा उपचारमा १०% छुट!

एनआईसी एशिया बैंक र वीरगंजस्थित किरण आँखा अस्पतालबीच बैंकका ग्राहकका लागि उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। बैंकले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, यस सहकार्यपछि एनआईसी एशिया बैंकका ग्राहकले किरण आँखा अस्पतालमा उपचार गर्दा डिजिटल भुक्तानीको माध्यम प्रयोग गरेमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले जारी गरेको जानकारीमा भनिएको छ, “ग्राहक महानुभावहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गरेमा यो सुविधा उपभोग गर्न सक्नेछन्।” उक्त सहकार्यले ग्राहकलाई सहज उपचारमा सहयोग पुर्याउने मात्र होइन, मुलुकमा डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई पनि प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता अर्जुन राज खनियाले भने, “किरण आँखा अस्पतालसँगको सहकार्यले स्वास्थ्य सेवामा पहुँच बढाउने र डिजिटल अर्थतन्त्र विस्तारमा योगदान पुर्याउनेछ।”
बैंकका अनुसार, यो पहल आफ्ना सेवाग्राहीहरूलाई गुणस्तरीय स्वास्थ्य उपचारका क्षेत्रमा प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यसहित अघि बढाइएको हो। यसले बैंकिङ सेवा र स्वास्थ्यबीचको सहकार्यलाई नयाँ स्वरूप दिने अपेक्षा पनि व्यक्त गरिएको छ।