"मन्त्रीको लापरबाही! नपढीकनै ‘श्री ५ को सरकार’ मा हस्ताक्षर"

नेपाल स्काउटको कर्मचारी सेवा नियमावली नपढीकनै स्वीकृति दिएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी संसदमा आलोचनाको शिकार भएका छन्।
आजको राष्ट्रिय सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीको लापरवाहीबारे प्रश्न उठाए। उनले संविधान संशोधन भइसकेको अवस्थामा ‘श्री ५ को सरकार’ लेखिएको दस्तावेजमा हस्ताक्षर गर्नु गम्भीर लापरवाही भएको बताए।
"संघीय सरकारका मन्त्रीले यस्तो संवेदनशील दस्तावेज अध्ययन नगर्नु अचम्मको कुरा हो," शर्माले भने।
संघीय लोकतान्त्रिक गणतन्त्र लागू भइसकेको नेपालमा ‘श्री ५ को सरकार’ भन्ने वाक्यांश दोहोरिनु सरकारकै लापरवाही भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। तर, मन्त्री चौधरीको सचिवालयले यसलाई सामान्य त्रुटि भन्दै बचाउ गरेको छ।
खेलकुदमन्त्री तेजुलाल चौधरी